दमक : प्रतिनिधिसभाका उपसभामुख इन्दिरा रानामगरले देशलाई समृद्धि र विकासका लागि सबैले एकजुट भएर अघि बढ्नुपर्ने बताएकी छन्।दमकमा आज सञ्चारकर्मीसँग कुराकानी गर्दै उहाँले देश विकासका लागि दलीय तथा व्यक्तिगत स्वार्थभन्दा माथि उठेर अघि बढ्नुपर्ने औँल्याइन्।देश निर्माणमा हरेक नागरिकको भूमिका हुनुपर्ने उल्लेख गर्दै उपसभामुख रानामगरले अब पनि देश निर्माणमा ढिलाइ भए सबै नेपाली पछिपर्ने दिन टाढा नभएको बताइन्।देशप्रतिको माया, लगानी हुनसकेमात्र देशमा समृद्धि र परिवर्तन सम्भव हुने भन्दै त्यसका लागि सबैको साझा स