बुक बिल्डिङमा आउँदैछन् कम्पनीहरु, ७ अर्बको कारोबार गर्ने रिलायन्स स्पिनिङ प्रक्रियामा

काठमाडौं। बुक बिल्डिङ विधिबाट साधारण सेयर (आइपीओ) निष्कासन गर्न अर्को कम्पनी पनि अघि सरेको छ। यस विधिबाट आइपीओ निष्कासनका

सम्बन्धित सामग्री

बुक बिल्डिङ प्रक्रियाबाट आईपीओ जारी गरेको रिलायन्स कस्तो कम्पनी हो ?

काठमाडौं । रिलायन्स स्पिनिङ मिल्स लिमिटेडले माघ १० गते बुक बिल्डिङ विधिमार्फत आईपीओ बिक्री खुला गरेको छ । यस कम्पनीले पहिलो चरणमा योग्य संस्थागत लगानीकर्तालाई शेयर बोलकबोल खुला गरेको हो । बोलकबोलको प्रतिकित्ता ६०८ देखि ९१२ रुपैयाँसम्म बिक्री मूल्य सीमा कायम भएको छ । बुक बिल्डिङबाट शेयर जारी गरेको रिलायन्स कस्तो कम्पनी हो भन्नेमा चासो […]

माघ १० देखि आईपीओ निष्कासन गर्दै रिलायन्स स्पिनिङ मिल्स

काठमाडौं । रिलायन्स स्पिनिङ मिल्स लिमिटेडले माघ १० गतेदेखि आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले बुक बिल्डिङ विधिमार्फत् पहिलो चरणमा योग्य संस्थागत लगानीकर्तालाई आईपीओ निष्कासन गर्न लागेको हो । कम्पनीले जारी पूँजी १ अर्ब ९० करोड रुपैयाँको १० दशमलव १४ प्रतिशतले हुन आउने १९ करोड २६ लाख ६० हजार रुपैयाँ बराबरको आईपीओ सर्वसाधारणमा विक्रीका लागि छुट्याएको छ । प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यका १९ लाख २६ हजार ६०० कित्ता आईपीओ कम्पनीले सर्वसाधारणमा विक्री गर्नेछ ।  सर्वसाधारणमा विक्री गरिने कुल कित्ता आईपीओमध्ये ४० प्रतिशत योग्य संस्थागत लगानीकर्तामा विक्री गर्नुपर्ने व्यवस्था छ । सोही व्यवस्थाबमोजिम ४० प्रतिशतले हुन आउने ७ लाख ७० हजार ६ सय ४० कित्ता आईपीओ पहिलो चरणमा योग्य संस्थागत लगानीकर्तामा विक्री गर्न लागिएको हो । नेपाल स्टक एक्सचेञ्ज लिमिटेडले सञ्चालन गर्ने बोलकबोल प्रक्रियामा योग्य संस्थागत लगानीकर्तालाई सहभागी गराई बोलकबोल प्रणालीमार्फत आईपीओ विक्री गर्न लागिएको हो । योग्य संस्थागत लगानीकर्ताले माघ १४ गतेसम्म आईपीओ खरीदका लागि आवेदन दिन सक्नेछन् ।  योग्य संस्थागत लगानीकर्तालाई प्रतिशेयर ६०८ रुपैयाँदेखि ९१२ रुपैयाँसम्मको मूल्य सीमा तोकिएको छ । तोकिएको मूल्य सीमाको बीचमा रहेर योग्य संस्थागत लगानीकर्ताले आवेदन दिन सक्नेछन् । योग्य संस्थागत लगानीकर्तामा पूर्णरूपमा विक्री हुँदा कायम मूल्य कट अफ मूल्यमा १० प्रतिशत घटाएर दोस्रो चरणमा सर्वसाधारणका लागि आईपीओ जारी हुनेछ । बाँकी ६० प्रतिशत दरको आईपीओ सर्वसाधारणमा विक्री गर्न कम्पनीले पुनः नेपाल धितोपत्र बोर्डमा निवेदन दिनेछ । बोर्डले पुस १९ गते कम्पनीलाई बुक बिल्डिङ विधिबाट पहिलो चरणमा योग्य संस्थागत लगानीकर्तालाई मात्र आईपीओ विक्री गर्न अनुमति प्रदान गरेको हो । कम्पनीको आईपीओ निष्कासन तथा विक्री प्रबन्धकमा ग्लोबल आईएमई क्यापिटल लिमिटेड रहेको छ । बुक बिल्डिङ विधिबाट आईपीओ जारी गर्ने यो कम्पनी दोस्रो नम्बरमा छ । यसअघि यो विधिबाट सर्वोत्तम सिमेन्टले आईपीओ जारी गरेको छ । आईपीओ निष्कासनका लागि गराइएको रेटिङमा केयर रेटिङ नेपालले केयर एनपी ए माइनस इस्यूअर रेटिङ प्रदान गरेको छ । यस रेटिङले समयमै वित्तीय दायित्व वहन गर्न पर्याप्त क्षमता रहेको कम्पनीको संकेत गर्दछ । २०५२ भदौ १९ गतेदेखि सञ्चालनमा रहेको यस कम्पनीले विभिन्न किसिमका धागो उत्पादन गर्दै आएको छ । कम्पनीले आफ्नो उत्पादनको ७० देखि ७५ प्रतिशतभन्दा बढी उत्पादन भारत, टर्की, भियतनाम, युके लगाएतका विभिन्न मुलुकमा निर्यात गर्दै आएको छ ।  कम्पनीको अध्यक्षमा पवन गोल्यान छन् । यो कम्पनी नाफामै सञ्चालनमा छ । गत आर्थिक वर्षसम्म ५ अर्ब ६३ करोड रुपैयाँभन्दा बढी सञ्चित नाफामा रहेको कम्पनी चालू आर्थिक वर्षको पहिलो आर्थिक वर्षसम्मको अपरिस्कृत वित्तीय विवरण अनुसार ५ अर्ब ६४ करोड रुपैयाँभन्दा बढी सञ्चित नाफामा छ ।

बुक बिल्डिङ विधिबाट आइपिओ ल्याउँदै सर्वोत्तम र रिलायन्स, मूल्य कति ?

नेपालमै पहिलो पटक बुक बिल्डिङ विधिबाट साधारण सेयर (आइपिओ) जारी गर्न लागेका सर्वोत्तम सिमेन्ट र रिलायन्स स्पिनिङ मिल्सले आइपिओ जारी गर्ने प्रक्रिया अघि बढाएका छन् । सर्वोत्तम सिमेन्ट र रिलायन्स स्पिनिङ मिल्सले बुक बिल्डिङ विधिबाट आइपिओ जारी गर्नको लागि नियामक निकाय धितोपत्र बोर्डमा आवेदन दिएका छन् ।दुबै कम्पनी दिएको निवेदन अहिले प्रारम्भिक अध्ययनको चरणमा रहेको बोर्डका प्रवक्ता रुपेश केसीले जानकारी दिए । ‘दुबै कम्पनीले बुक बिल्डिङ विधिबाट आइपिओ जारी गर्नको लागि दिनुभएको आवेदन अहिले प्रा

आईपीओ निष्कासन गर्न सर्वोत्तम सिमेन्ट र रिलायन्स स्पिनिङले बोर्डसँग मागे अनुमति

५ साउन, काठमाडौं । बुक बिल्डिङ विधिबाट धितोपत्रको सार्वजनिक निष्कासन (आईपीओ) का लागि सर्वोत्तम सिमेन्ट र रिलायन्स स्पिनिङ मिल्सले नेपाल धितोपत्र बोर्डसँग स्वीकृत माग गरेका छन् । दुवै कम्पनीले बुक बिल्डिङ निर्देशिका अनुसार आधार मूल्य तयार गरी बिक्री मूल्यको सीमा समेत निर्धारण गरेर योग्य संस्थागत लगानीकर्तालाई बिक्री गर्न बोर्डमा आवेदन दिएका छन् । सर्वोत्तम सिमेन्टले […]

सर्वोत्तम सिमेन्टले आईपीओ बिक्री गर्न माग्यो अनुमति

सर्वोत्तम सिमेन्टले बुक बिल्डिङ विधिबाट आईपीओ बिक्री गर्न धितोपत्र बोर्डसँग अनुमति मागेको छ । कम्पनीले पहिलो चरणमा बोर्डसँग योग्य संस्थागत लगानीकर्ताको लागि २४ लाख कित्ता आईपीओ निष्काशनको अनुमति मागेको हो ।कम्पनीको प्रावधानमा कूल सेयरको ४० प्रतिशत  कित्ता योग्य संस्थागत लगानीकर्तालाई छुट्याउनु पर्ने प्रावधान छ । सोहीअनुसार कम्पनीले बोर्डमा आवेदन दिएको हो । यसमा बिक्री प्रबन्धकको काम ग्लोबल आईएमई क्यापिटलले गर्नेछ । रिलायन्स स्पिनिङ मिल्सले पनि बुक बिल्डिङ विधिबाट आईपीओ बिक्री गर्न धितो