बुक बिल्डिङ प्रक्रियाबाट आईपीओ जारी गरेको रिलायन्स कस्तो कम्पनी हो ?

काठमाडौं । रिलायन्स स्पिनिङ मिल्स लिमिटेडले माघ १० गते बुक बिल्डिङ विधिमार्फत आईपीओ बिक्री खुला गरेको छ । यस कम्पनीले पहिलो चरणमा योग्य संस्थागत लगानीकर्तालाई शेयर बोलकबोल खुला गरेको हो । बोलकबोलको प्रतिकित्ता ६०८ देखि ९१२ रुपैयाँसम्म बिक्री मूल्य सीमा कायम भएको छ । बुक बिल्डिङबाट शेयर जारी गरेको रिलायन्स कस्तो कम्पनी हो भन्नेमा चासो […]

सम्बन्धित सामग्री

माघ १० देखि आईपीओ निष्कासन गर्दै रिलायन्स स्पिनिङ मिल्स

काठमाडौं । रिलायन्स स्पिनिङ मिल्स लिमिटेडले माघ १० गतेदेखि आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले बुक बिल्डिङ विधिमार्फत् पहिलो चरणमा योग्य संस्थागत लगानीकर्तालाई आईपीओ निष्कासन गर्न लागेको हो । कम्पनीले जारी पूँजी १ अर्ब ९० करोड रुपैयाँको १० दशमलव १४ प्रतिशतले हुन आउने १९ करोड २६ लाख ६० हजार रुपैयाँ बराबरको आईपीओ सर्वसाधारणमा विक्रीका लागि छुट्याएको छ । प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यका १९ लाख २६ हजार ६०० कित्ता आईपीओ कम्पनीले सर्वसाधारणमा विक्री गर्नेछ ।  सर्वसाधारणमा विक्री गरिने कुल कित्ता आईपीओमध्ये ४० प्रतिशत योग्य संस्थागत लगानीकर्तामा विक्री गर्नुपर्ने व्यवस्था छ । सोही व्यवस्थाबमोजिम ४० प्रतिशतले हुन आउने ७ लाख ७० हजार ६ सय ४० कित्ता आईपीओ पहिलो चरणमा योग्य संस्थागत लगानीकर्तामा विक्री गर्न लागिएको हो । नेपाल स्टक एक्सचेञ्ज लिमिटेडले सञ्चालन गर्ने बोलकबोल प्रक्रियामा योग्य संस्थागत लगानीकर्तालाई सहभागी गराई बोलकबोल प्रणालीमार्फत आईपीओ विक्री गर्न लागिएको हो । योग्य संस्थागत लगानीकर्ताले माघ १४ गतेसम्म आईपीओ खरीदका लागि आवेदन दिन सक्नेछन् ।  योग्य संस्थागत लगानीकर्तालाई प्रतिशेयर ६०८ रुपैयाँदेखि ९१२ रुपैयाँसम्मको मूल्य सीमा तोकिएको छ । तोकिएको मूल्य सीमाको बीचमा रहेर योग्य संस्थागत लगानीकर्ताले आवेदन दिन सक्नेछन् । योग्य संस्थागत लगानीकर्तामा पूर्णरूपमा विक्री हुँदा कायम मूल्य कट अफ मूल्यमा १० प्रतिशत घटाएर दोस्रो चरणमा सर्वसाधारणका लागि आईपीओ जारी हुनेछ । बाँकी ६० प्रतिशत दरको आईपीओ सर्वसाधारणमा विक्री गर्न कम्पनीले पुनः नेपाल धितोपत्र बोर्डमा निवेदन दिनेछ । बोर्डले पुस १९ गते कम्पनीलाई बुक बिल्डिङ विधिबाट पहिलो चरणमा योग्य संस्थागत लगानीकर्तालाई मात्र आईपीओ विक्री गर्न अनुमति प्रदान गरेको हो । कम्पनीको आईपीओ निष्कासन तथा विक्री प्रबन्धकमा ग्लोबल आईएमई क्यापिटल लिमिटेड रहेको छ । बुक बिल्डिङ विधिबाट आईपीओ जारी गर्ने यो कम्पनी दोस्रो नम्बरमा छ । यसअघि यो विधिबाट सर्वोत्तम सिमेन्टले आईपीओ जारी गरेको छ । आईपीओ निष्कासनका लागि गराइएको रेटिङमा केयर रेटिङ नेपालले केयर एनपी ए माइनस इस्यूअर रेटिङ प्रदान गरेको छ । यस रेटिङले समयमै वित्तीय दायित्व वहन गर्न पर्याप्त क्षमता रहेको कम्पनीको संकेत गर्दछ । २०५२ भदौ १९ गतेदेखि सञ्चालनमा रहेको यस कम्पनीले विभिन्न किसिमका धागो उत्पादन गर्दै आएको छ । कम्पनीले आफ्नो उत्पादनको ७० देखि ७५ प्रतिशतभन्दा बढी उत्पादन भारत, टर्की, भियतनाम, युके लगाएतका विभिन्न मुलुकमा निर्यात गर्दै आएको छ ।  कम्पनीको अध्यक्षमा पवन गोल्यान छन् । यो कम्पनी नाफामै सञ्चालनमा छ । गत आर्थिक वर्षसम्म ५ अर्ब ६३ करोड रुपैयाँभन्दा बढी सञ्चित नाफामा रहेको कम्पनी चालू आर्थिक वर्षको पहिलो आर्थिक वर्षसम्मको अपरिस्कृत वित्तीय विवरण अनुसार ५ अर्ब ६४ करोड रुपैयाँभन्दा बढी सञ्चित नाफामा छ ।

रिलायन्स स्पिनिङ्ग मिल्सले बुक बिल्डिङबाट आईपीओ निष्कासन गर्न पायो स्वीकृति

काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन)ले रिलायन्स स्पिनिङ्ग मिल्स लिमिटेडलाई बुक बिल्डिङ विधिबाट आईपीओ निष्कासन गर्न अनुमति दिएको छ । सेबोनले पुस १९ गते कम्पनीलाई बुक बिल्डिङ विधिबाट आईपीओ ल्याउन स्वीकृति दिएको हो । यस कम्पनीले आइपीओ निष्कासन गर्न बोर्डमा २०७९ असार ३१ गते निवेदन दिएको थियो । लामो समयपछि कम्पनीले बुक बिल्डिङ विधिबाट आईपीओ निष्कासन गर्न अनुमति पाएको छ ।  अनुमति पाएसँगै पहिलो चरणमा योग्य संस्थागत लगानीकर्तालाई सार्वजनिक निष्कासन हुनेछ । कम्पनीको शेयरको ४० प्रतिशतले हुने ७ लाख ७० हजार ६४६ कित्ता शेयर बुक बिल्डिङ विधिबाट आईपीओ निष्कासन गरिनेछ ।  कम्पनीको शेयरको आशय मूल्य प्रतिकित्ता ६०८ रुपैयाँदेखि ९१२ रुपैयाँसम्म छ । यही रेन्जमा रहेर योग्य संस्थागत लगानीकर्ताले कम्पनीको आईपीओमा आवेदन दिनु पर्नेछ । धितोपत्र पूर्ण रूपमा विक्री हुँदा कायम हुने मूल्य (कट अफ मूल्य) निर्धारण गर्नुपर्छ । सर्वसाधारण लगानीकर्तालाई कट अफ मूल्यमा १० प्रतिशत छूट दिई धितोपत्र निष्कासन गर्नुपर्ने छ ।  योग्य संस्थागत लगानीकर्तालाई निष्कासन गरिएको शेयर बाँडफाँट भएपछि कम्पनीले सर्वसाधारणलाई शेयर निष्कासन गर्नेछ । विक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटल लिमिटेड रहेको छ ।  पवन गोल्यान कम्पनीका कार्यकारी अध्यक्ष हुन् । कम्पनीको औद्योगिक कारखाना सुनसरीको दुहबी र खनारमा छ । कम्पनीले अन्तरराष्ट्रिय गुणस्तरको पोलिस्टर, भिसकोस, एक्रिलिक यार्नलगायत सिउने धागो विभिन्न ब्लेन्डमा उत्पादन गर्दै आएको छ । कम्पनीले आफ्ना उत्पादन टर्की र भारतमा निर्यात गर्दै आएको छ । २०५१ सालदेखि सञ्चालनमा रहेको यस कम्पनीले हाल ४३ सय बढीलाई रोजगारी दिएको छ ।  रिलायन्स स्पिनिङ मिल्स बुक बिल्डिङ विधिबाट आईपीओ जारी गर्न अनुमति पाउने दोस्रो कम्पनी बनेको छ । सर्वोत्तम सिमेन्ट बुक बिल्डिङ विधिबाट आईपीओ जारी गर्न अनुमति पाउने पहिलो कम्पनी हो ।

१० अर्बभन्दा बढीका आईपीओ पाइपलाइनमा, धेरै कम्पनी जलविद्युत क्षेत्रका

अहिले सञ्चालनमा रहेका ३२ वटा कम्पनीहरु सर्वसाधारणलाई सेयर बिक्री गर्ने (आईपीओ जारी गर्ने) अनुमतिको पर्खाइमा रहेका छन् । पुँजी बजार क्षेत्रको नियामक निकाय धितोपत्र बोर्डबाट अनुमति लिनको लागि ३२ वटा कम्पनीले बोर्डमा निवेदन दिएका छन् ।बोर्डले दिएको जानकारीअनुसार यी कम्पनीको आईपीओ मूल्य १० अर्ब १५ करोड रुपैयाँभन्दा बढी हुन्छ । यसरी आईपीओ जारी गर्न लागेका कम्पनीहरूमा बुक बिल्डिङ विधिबाट आईपीओ जारी गर्न लागेका कम्पनीहरु सर्वोत्तम सिमेन्ट र रिलायन्स स्पिनिङ मिल्स पनि रहेका छन् । यी कम्पनीहरुले बोर्डबाट