बुक बिल्डिङ विधिबाट आइपिओ ल्याउँदै सर्वोत्तम र रिलायन्स, मूल्य कति ?

नेपालमै पहिलो पटक बुक बिल्डिङ विधिबाट साधारण सेयर (आइपिओ) जारी गर्न लागेका सर्वोत्तम सिमेन्ट र रिलायन्स स्पिनिङ मिल्सले आइपिओ जारी गर्ने प्रक्रिया अघि बढाएका छन् । सर्वोत्तम सिमेन्ट र रिलायन्स स्पिनिङ मिल्सले बुक बिल्डिङ विधिबाट आइपिओ जारी गर्नको लागि नियामक निकाय धितोपत्र बोर्डमा आवेदन दिएका छन् ।दुबै कम्पनी दिएको निवेदन अहिले प्रारम्भिक अध्ययनको चरणमा रहेको बोर्डका प्रवक्ता रुपेश केसीले जानकारी दिए । ‘दुबै कम्पनीले बुक बिल्डिङ विधिबाट आइपिओ जारी गर्नको लागि दिनुभएको आवेदन अहिले प्रा

सम्बन्धित सामग्री

बुक बिल्डिङ आईपीओमा ‘ओपनिङ रेञ्ज’ साधारणसरह तोकिने

१ चैत , काठमाडौं । बुक बिल्डिङ विधिबाट आईपीओ जारी भई सूचीकृत हुने कम्पनीको हकमा पनि हाललाई अन्य साधारण मूल्यमा जारी भएका कम्पनीहरुसरह नै ‘ओपनिङ रेञ्ज’ तोकिने भएको छ । नेपाल स्टक एक्स्चेन्जमा सूचीकृत भएपछि पहिलो कारोबारका लागि तय गरिने निश्चित मूल्य सीमा नै ओपनिङ रेञ्ज हो । बजारमा नयाँ कम्पनी सूचीकृत भइसकेपछि पहिलो कारोबारका […]

के हो आईपीओ निष्कासनको बुक बिल्डिङ विधि ?

काठमाडौं । नेपालमा पहिलो पटक सर्वोत्तम सिमेन्टले बुक बिल्डिङ विधिमार्फत आईपीओ निष्कासन प्रक्रिया अगाडि बढाएको छ । कम्पनीले मङ्सिर ६ गतेबाट संस्थागत लगानीकर्ताहरूको लागि आईपीओ विक्री खुला गरेको हो । सर्वोत्तम सिमेन्टले बुक बिल्डिङ विधिमार्फत आईपीओ निष्कासन प्रक्रिया शुरु गरे पनि कतिपयलाई यसबारे जानकारी नहुन सक्छ ।  के हो बुक बिल्डिङ विधि ? बुक बिल्डिङ विधि योग्य संस्थागत लगानीकर्ताहरूको मागका आधारमा प्राथमिक बजारमा निष्कासन गरिने धितोपत्रको वास्तविक एवं न्यायोचित मूल्य निर्धारण पद्धति हो ।  वास्तविक क्षेत्रका कम्पनीहरूको आईपीओको मूल्य बजारले नै निर्धारण गर्ने गरी सेबोनले बुक विल्डिङ विधि लागू गरेको हो । अहिलेको शेयर लिलामी प्रक्रियाकै स्वरूपमा बुक विल्डिङ विधिबाट आईपीओ निष्कासन हुनेछ । सो विधिमार्फत आईपीओ निष्कासन गर्दा योग्य संस्थागत लगानीकर्ताहरूबाट आशय मूल्य प्राप्त गर्नुपर्ने हुन्छ ।  कम्पनीले संस्थागत लगानीकर्ताका लागि बोलकबोलमार्फत आईपीओ निष्कासन गर्नुपर्ने हुन्छ । सोहीअनुरूप बुधवारबाट सर्वोत्तम सिमेण्टको आईपीओ संस्थागत लगानीकर्ताहरूका लागि बोलकबोल प्रक्रियाबाट विक्री खुला भएको हो ।  सेबोनबाट स्वीकृतिप्राप्त योग्य संस्थागत लगानीकर्ताहरूले आईपीओ निष्कासन गरेको कम्पनीको प्राविधिक, वित्तीय, व्यवस्थापन, भावी योजनाका विषयमा अध्ययनपश्चात सुसूचित तवरले मूल्य पेस गरी उचित मूल्य निर्धारणमा सहयोग गर्नुपर्ने हुन्छ ।  आईपीओ निष्कासन गर्ने कम्पनीले योग्य संस्थागत लगानीकर्ताबाट प्राप्त आशय मूल्यको अध्ययन गरी आधार मूल्य तय गर्नुपर्ने र उक्त आधार मूल्यमा २० प्रतिशत थप गर्दा कायम हुने मूल्य माथिल्लो सीमा र २० प्रतिशत घटाउँदा कायम हुने मूल्य तल्लो सीमा हुने गरी मूल्य सीमा निर्धारण गर्नुपर्ने हुन्छ । उक्त विधिमार्फत कम्पनीले योग्य संस्थागत लगानीकर्तालाई निष्कासन गरेको धितोपत्र पूर्णरूपमा विक्री हुँदा कायम हुने कट अफ मूल्य निर्धारण गरी सो मूल्य वा सोभन्दा माथिल्लो मूल्यमा कबोल गर्ने सबै आवेदकलाई मागबमोजिम धितोपत्र बाँडफाँट गर्नुपर्नेछ ।  कट अफ मूल्यमा आवेदन गर्ने लगानीकर्तालाई मागबमोजिम धितोपत्र बाँडफाँट गर्न नपुगेमा समानुपातिकरूपमा बाँडफाँट गर्नुपर्नेछ । यसरी बाँडफाँट गर्दा नपरेको रकम तीन कार्यदिनभित्र आर्जित ब्याजसहित फिर्ता वा खाता फुकुवा गर्नुपर्ने व्यवस्थासमेत बोर्डले गरेको छ । संस्थागत लगानीकर्तामा आईपीओ बाँडफाँट गर्दाको कट अफ मूल्यलाई आधार बनाएर सर्वसाधारणमा आईपीओ निष्कासन गर्नुपर्ने हुन्छ । सबै नेपालीहरूमा कम्पनीहरूको प्राविधिक तथा व्यवस्थापकीय विश्लेषण गर्ने क्षमता नभएको आधारमा धितोपत्र बोर्डले उक्त क्षमता भएका योग्य संस्थागत लगानीकर्ताहरूबाट मूल्य तोक्ने व्यवस्था गरेको हो ।  बुक विल्डिङ विधिमार्फत् निष्कासित शेयरमा संस्थागत लगानीकर्ताको रूपमा सूचीकृत कम्पनी, सामूहिक लगानी कोष व्यवस्थापक, विशेष ऐनद्वारा स्थापित वित्तीय संस्था, सामूहिक लगानीकोष योजना, मान्यताप्राप्त अवकाश कोष, मर्चेण्ट बैंकर, धितोपत्र व्यापारी र नेटवर्थ न्यूनतम १० करोड रुपैयाँ भएका धितोपत्र लगानी गर्ने उद्देश्यले स्थापित लगानी कम्पनीहरू रहन पाउने व्यवस्था छ ।  बुक बिल्डिङ विधिबाट संस्थागत लगानीकर्ताहरूलाई निष्कासन गरिएको शेयर धितोपत्र बजारमा सूचीकरण भएको मितिले ६ महीनासम्म विक्री वा हस्तान्तरण गर्न पाइँदैन । सर्वसाधारणतर्फको शेयर भने नेपाल स्टक एक्सचेन्जमा सूचीकरण भएको भोलिपल्टैदेखि कारोबारयोग्य हुनेछ ।  अमेरिकाबाट शुरु भएको यो विधि हाल छिमेकी मुलुक भारत, बंगलादेश, पाकिस्तान, श्रीलंका र चीनमा समेत अभ्यासमा आइसकेको छ । धितोपत्र बोर्डले प्रकाशित गरेको निर्देशिका अनुसार यो विधिबाट आईपीओ निष्कासन गर्न कम्पनी लगातार तीन वर्षदेखि मुनाफामा सञ्चालन हुनुपर्दछ । साथै उक्त विधिबाट आईपीओ निष्कासन गर्न साधारण सभाबाट स्वीकृति पाएको र प्रतिशेयर नेटवर्थ प्रतिशेयर चुक्ता पूँजीको कम्तीमा ५० प्रतिशत रहेको हुनुपर्नेछ । रेटिङ पनि औसत वा औसतभन्दा माथि हुनुपर्ने व्यवस्था छ ।  यो विधिबाट आईपीओको विक्री मूल्य निर्धारण गरी संस्थागत लगानीकर्ताहरूलाई ४० प्रतिशत र सर्वसाधारण लगानीकर्ताका लागि ६० प्रतिशत विक्री गर्ने व्यवस्था छ । सर्वोत्तम सिमेन्टले जारी पूँजी ४ अर्ब ६५ करोड रुपैयाँको १२ दशमलव ९०३३ प्रतिशतले हुन आउने ६० लाख कित्ता आईपीओ विक्री गर्न नेपाल धितोपत्र बोर्डबाट आवेदन दिएको थियो । कुल कित्ता आईपीओमध्ये ४० प्रतिशत दरको २४ लाख कित्ता आईपीओ योग्य संस्थागत लगानीकर्ताहरूमा विक्री गर्न लागिएको हो । यो शेयरको विक्री मूल्य सीमा प्रतिकित्ता ४०१ रुपैयाँदेखि ६०१ रुपैयाँ ५० पैसा तोकिएको छ । तोकिएको मूल्यमा नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले सञ्चालन गर्ने बोलकबोल प्रक्रियाबाट योग्य संस्थागत लगानीकर्तामा यी शेयर विक्री गर्न लागिएको हो । योग्य संस्थागत लगानीकर्तामा आईपीओ विक्रीपछि सर्वसाधारणमा ६० प्रतिशत आईपीओ विक्रीका लागि कम्पनीले पुनः आवेदन दिनेछ । योग्य संस्थागत लगानीकर्ताहरूले मंसिर १० गतेसम्म बोलकबोल पेस गर्न सक्नेछन् । कम्पनीको धितोपत्र निष्कासन तथा विक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल लिमिटेड छ भने सह निष्कासन तथा विक्री प्रबन्धकमा एनआईएमबि एस क्यापिटल र प्रभु क्यापिटल लिमिटेड छ । योग्य संस्थागत लगानीकर्ताहरूले नेपाल स्टक एक्सचेञ्जको रजिष्टर्ड कार्यालय, यूएनआई शान्तिमार्ग, भद्रकालीमा गोप्य शिलबन्दी बोलपत्र पेस गर्नुपर्नेछ । बोलपत्र पेस गर्ने अन्तिम मितिको भोलिपल्ट धितोपत्र बजारले योग्य संस्थागत लगानीकर्ताहरूलाई निष्कासित धितोपत्र पूर्णरूपमा विक्री हुने गरी प्राप्त बोलकबोलको कट अफ मूल्य निर्धारण भएको जानकारी गराउनेछ । कट अफ मूल्य निर्धारण गरेपछि सो वा सोभन्दा बढी मूल्यमा कबोल गर्ने सबै आवेदनकर्ताहरूलाई माग बमोजिमको धितोपत्र कटअफ मूल्यमा बाँडफाँट गर्नुपर्नेछ ।

बुक बिल्डिङ प्रक्रियाबाट आइपिओ दुई महिनामा टुंगो लाग्ने

नेपाल धितोपत्र बोर्डमा लामो समयदेखि रोकिएको बुक बिल्डिङ विधिलाई अघि बढाइने भएको छ । बोर्डबाट निर्णय नहुँदा अड्किएको बुक बिल्डिङ विधिलाई दुई महिनाभित्र टुंगोमा पुर्‍याउने तयारी थालिएको हो । बोर्डका अध्यक्ष रमेशकुमार...

सर्वोत्तम प्रकरणले ‘बुक बिल्डिङ’ नै अलपत्र, हच्किए कम्पनी !

१४ मंसिर, काठमाडौं । सर्वोत्तम सिमेन्टको शेयर खरीद प्रकरण विवादमा परेपछि बजारले मूल्य निर्धारण गर्ने विधि (बुक बिल्डिङ) नै अवरुद्ध भएको छ । शेयर जारी नहुँदै धितोपत्र बोर्ड र नेपाल स्टक एक्सचेजका पदाधिकारीकै परिवारको सदस्यले शेयर किनेको भेटिएपछि सर्वोत्तम सिमेन्टको शेयर कारोबार विवादमा परेको थियो । छोरीको नाममा शेयर किनेको भेटिएपछि धितोपत्र बोर्डका अध्यक्ष भीष्मराज […]

प्राथमिक शेयरबजारमा बुक बिल्डिङ

प्राथमिक बजारमा शेयर जारी गर्दा अर्थात् इनिशियल पब्लिक अफरमा सर्वसाधारण लगानीकर्ताले अंकित मूल्य १ सयमा नै खरीद गर्न पाउँदै आएकोमा एक सिमेन्ट कम्पनीको शेयर प्रतिकित्ता बुक बिल्डिङका आधारमा रू. ७५० मा जारी गर्न लागेको कुरा चर्चामा चल्नासाथ सर्वसाधारण लगानीकर्ताले विरोध गर्दै आएका छन् । बुक बिल्डिङमा शेयर जारी गर्दा संस्थागत लगानीकर्ताले बोलकबोलमा खरीद गरिसकेपछि सर्वसाधारणलाई जारी गर्ने भन्ने चर्चामा आएको छ । सिमेन्ट कम्पनीको शेयर बुक बिल्डिङमा जारी गर्ने प्रयोजनका लागि नै नेपाल धितोपत्र बोर्डले बुक बिल्डिङ निर्देशिका, २०७७ जारी गरेको भन्ने पनि केही लगानीकर्ताको आरोप छ । सिमेन्ट कम्पनीको शेयर खरीद विवादमा नेपाल धितोपत्र बोर्डका अध्यक्ष र नेपाल स्टक एक्सचेन्ज (नेप्से)का सीईओलाई अर्थ समितिले छानविन गरी कारबाही गर्न निर्देशन दिएको पनि समाचारमा आएको छ । बुक बिल्डिङमा प्राथमिक शेयर जारी गर्न लागेको सिमेन्ट कम्पनीको शेयर नेपाल धितोपत्र बोर्डका अध्यक्ष र नेपाल स्टक एक्सचेन्ज (नेप्से) का सीईओका परिवारका सदस्यले खरीद गरेको विषयमा अर्थमन्त्री र अर्थ सचिवले बोर्ड र नेप्सेका पदाधिकारीसँग जानकारी लिएपछि समितिले उक्त घटनाका सम्बन्धमा कारबाही अघि बढाउन र सोको जानकारी गराउन मन्त्रालयलाई निर्देशन दिएको हो । धितोपत्र दर्ता तथा निष्काशन नियमावली, २०७३ (संशोधनसहित) को नियम २५ ग ले गरेको व्यवस्था बुक बिल्डिङका प्रयोजनका लागि नभई प्रिमियममा शेयर जारी वा निष्कासन गर्नका लागि हो । प्राथमिक बजारमा प्राथमिक शेयर आवेदन र प्रिमियममा शेयर जारी भइरहेका अवस्थामा बुक बिल्डिङका माध्यमबाट शेयर जारी गर्न सक्ने गरी नेपाल धितो पत्र बोर्डले बुक बिल्डिङ निर्देशिका, २०७७ जारी गरेको हो । निर्देशिकाका कारण धेरै कम्पनीले बुक बिल्डिङमबाट शेयर जारी गर्न चाहेको समाचार पनि आएको छ । बुक बिल्डिङका कारण अबका दिनमा सर्वसाधारणले प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ)मा शेयर रू. १०० मा पाउने सम्भावना घटेको छ । विशेषगरी केही सिमेन्ट, जलविद्युत् तथा टेलिकम कम्पनीहरूका शेयर बुक बिल्डिङ विधिबाट आउने चर्चा छ । उत्पादनमूलक, होटेल, र अन्य समूहका केही उद्योगहरूले पनि बुक बिल्डिङमा शेयर जारी गर्न चाहेको समाचार आइरहेको छ । यसबाट सर्वसाधारण लगानीकर्ता महँगोमा प्राथमिक शेयर किन्न पर्ने अवस्था देखिएको छ । कम्पनी वा संगठित संस्थाले प्राथमिक बजारमा शेयर जारी गर्ने प्रचलित दुई तरीकाका छन् : पहिलो, निश्चत मूल्य तोकी जारी गर्ने अर्थात् फिक्स्ड प्राइस मोडेल, अर्को बुक बिल्डिङ । निश्चत मूल्य तोकी जारी गर्ने मोडलभित्र अंकित मूल्य रू. १०० छ भने सोही मूल्यमा वा अंकित रू. १०० मा नै शेयर विक्री गर्नु हो । । अंकित मूल्यमा प्रिमियम थप गरी शेयर विक्री गर्नु पनि फिक्स्ड प्राइस मोडल हो । कम्पनी ऐन २०६३ मा फिक्स प्राइस मोडेल व्यवस्था भए तापनि बुक बिल्डिङ मोडेलको व्यवस्था छैन । बुक बिल्डिङ मोडेलमा शेयर जारी गर्दा किताबी मूल्य, लगातार मुनाफा, सम्पत्ति तथा दायित्वका आधारमा मर्चेन्ट बैंकरले बढीमा र घटीमा यतिसम्म भनी मूल्य निर्धारण गरिन्छ । कुनै कम्पनीको अंकित मूल्य रू. १०० रहेको अवस्थामा बुक बिल्डिङ मोडेलमा शेयर जारी गर्दा मर्चेन्ट बैंकरले मूल्य रू. १५० देखि २०० सम्म निर्धारण भएमा रू. १५० लाई P/लोर प्राइस भनिन्छ । रू. २०० मूल्यलाई क्याप प्राइस भनिन्छ । सर्वसाधारणलाई शेयर जारी गर्दा फ्लोर प्राइस तथा क्याप प्राइसभित्र रहने गरी टेन्डर बोलकबोलमा शेयर विक्री खुला गरिन्छ । सर्वसाधारणमध्ये यदि ५०० जनाले रू. १५० मा, १ हजार जनाले रू. १८० मा, र २ सय जनाले रू. २०० मा दरखास्त राखेमा सबैभन्दा बढी रू. १८० मा दरखास्त परेकालाई कट अफ प्राइस निर्धारण गरिन्छ र रू. १८० भन्दा मुनिकालाई अर्थात् कट अफ प्राइसभन्दा तलका लागि शेयर बाँडफाँट गरिँदैन । रू. १८० कट अफ प्राइसदेखि क्याप प्राइस अर्थात् २०० राख्ने सबैलाई शेयर बाँडफाँट गरिन्छ । कट अफ प्राइस रू. १८० मूल्यमा शेयर बाँडफाँट हुने हुँदा त्यसभन्दा बढी प्राप्त रकम फिर्ता गरिन्छ । नेपाल धितोपत्र बोर्डले जारी गरेको बुक बिल्डिङ निर्देशिका, २०७७ मा भएको व्यवस्था प्रचलित व्यवस्थाभन्दा केही अलग रहेको छ । संस्थागत लगानीकर्तालाई बुक बिल्डिङमा शेयर विक्री गरेपछि सर्वसाधारणलाई शेयर विक्री गर्ने व्यवस्था छ । निर्देशिकाले बुक बिल्डिङमा सार्वजनिक शेयर निष्कासन गर्दा संगठित संस्थाले निष्कासन तथा विक्री प्रबन्धक संस्थासँग सम्झौता गर्नुपर्ने व्यवस्था छ । त्यसपछि कम्तीमा १० योग्य संस्थागत लगानीकर्ताबाट ३ वर्षको लेखापरीक्षण भएको वित्तीय विवरण, न्यूनतम खरीद संख्या, आशय मूल्य लिई आधार मूल्य तय गर्नुपर्ने व्यवस्था छ । आधार मूल्यका आधारमा संस्थागत लगानीकर्ताहरूलाई बोलकबोलमार्फत शेयर निष्कासित गरिन्छ । संस्थागत लगानीकर्ताहरूबाट शेयर खरीदका लागि प्राप्त दरखास्तमध्ये बहुमत लगानीकर्ताले बोलकबोल रू. १८० रकममा दरखास्त परेमा त्यसलाई कट अफ मूल्य निर्धारण गरिन्छ । कट अफ मूल्य र उक्तभन्दा माथिल्लो मूल्यमा कबोल गर्ने सबै आवेदनकर्तालाई मागबमोजिमको बाँडफाँट गर्नुपर्ने व्यवस्था छ । संस्थागत लगानीकर्तालाई शेयर बाँडफाँटपश्चात् सर्वसाधारणलाई जारी गर्न पर्ने व्यवस्था छ । यसरी जारी गर्दा संस्थागत लगानीकर्ताबाट प्राप्त कट अफ मूल्यमा १० प्रतिशत छूट दिई निष्कासन गर्नुपर्ने व्यवस्था छ । सर्वसाधारणले धितोपत्र खरीदका लागि आवेदन दिने न्यूनतम संख्या ५० कित्ता रहेको छ । बुक बिल्डिङ निर्देशिका कम्पनी ऐन तथा धितोपत्र ऐनविपरीत छ ? कम्पनी ऐन २०६३ मा अकित मूल्य र प्रिमियममा शेयर जारी गर्न सक्ने व्यवस्था छ भने बुक बिल्डिङ शेयर जारी गर्न सक्ने व्यवस्था छैन । (ऐनको दफा २७ तथा २९) । धितोपत्र बोर्डले जारी गरेको बुक बिल्डिङ निर्देशिका, २०७७ धितोपत्रसम्बन्धी ऐन, २०६३ को दफा ११८ ले दिएको अधिकार प्रयोग गरी धितोपत्र दर्ता तथा निष्कासन नियमावली, २०७३ (संशोधनसहित) को नियम २५ग को प्रयोजनका लागि नेपाल धितोपत्र बोर्डले निर्देशिका जारी गरेको कुरा प्रस्तावनामा उल्लेख छ । धितोपत्र बोर्डले निर्देशिका जारी गर्ने कानूनी आधारमा पहिलो धितोपत्रसम्बन्धी ऐन, २०६३ को दफा ११८ (१) लिएको छ । उक्त ऐनको दफा ११८ (१) ले धितोपत्र बोर्डले कुनकुन विषयहरूमा निर्देशिका बनाई लागू गर्न सक्ने भन्ने स्पष्ट व्यवस्था छ । यसमा धितोपत्र दर्ता तथा निष्कासन अनुमति विषय, धितोपत्र निष्कासन तथा विक्री प्रबन्धसम्बन्धी विषय, धितोपत्र बाँडफाँट विषय, व्यावसायिक मर्यादा विषय, धितोपत्र कारोबार नियमनसम्बन्धी अन्य विषयका रहेका छन् । उक्त ऐनमा बुक बिल्डिङसम्बन्धी धितो पत्र वोर्डले निर्देशन जारी गर्न सक्ने व्यवस्था छैन । कम्पनी ऐन २०६३ मा पनि यस्तो व्यवस्था छैन । कुनै पनि निर्देशन कानूनमा भएका व्यवस्थालाई कार्यान्वयन एवं नियमन गर्न जारी गरिन्छ । धितोपत्र बोर्डले बुक बिल्डिङसम्बन्धी निर्देशन जारी गर्दा अर्को आधार धितोपत्र दर्ता तथा निष्कासन नियमावली, २०७३ (संशोधनसहित) को नियम २५ ग लाई लिएको छ । उक्त नियमावलीमा भएको व्यवस्था बुक बिल्डिङका प्रयोजनका लागि नभई प्रिमियममा शेयर जारी वा निष्कासन गर्न सक्ने व्यवस्था भनी नियमावलीको नियम २५ ग मा नै स्पष्ट गरिएको छ । बुक बिल्डिङ र प्रिमियममा धितोपत्र जारी गर्ने भन्ने विषय अलगअलग हो । अर्थ समितिले बुक बिल्डिङ सम्बन्धमा छानविन गरी कारबाही गर्न निर्देशन दिएको अवस्थामा बुक बिल्डिङ निर्देशिका, २०७७ का विषयमा पनि ध्यान दिनुपर्ने देखिएको छ । लेखक अधिवक्ता हुन् ।

बुक बिल्डिङ प्रक्रियाबाट सेयर निष्काशन कति जायज ?

पहिलोपटक बुक बिल्डिङ प्रक्रियाबाट सेयर जारी गर्ने प्रक्रियामा रहेको सर्वाेत्तम सिमेन्टको सेयर विवादले बुक बिल्डिङ प्रक्रियाको पहिलो गाँसमै ढुंगा लागेको छ ।सर्वोत्तमको सेयर नियामकदेखि बिक्री प्रबन्धकसमेतले आफ्नो अनुकुल हुने गरी सर्वसाधारण भन्दा सस्तो मूल्यमा निष्काशन अगावै खरिद गर्नुले यो प्रक्रिया नै शंकाको घेरामा परेको छ ।यद्यपि विज्ञले यसलाई नियामकमा बस्ने व्यक्तिमा स्वार्थ हुनुले प्रक्रियालाई गलत तरिकाले प्रस्तुत गरेको बताउँछन् ।बुक बिल्डिङ प्रक्रियाबाट सेयर जारी गर्न लागेको सर्वोत्तम सिमेन्ट

बुक बिल्डिङ भनेको के हो ? (अर्काइभबाट)

वैशाख २५, काठमाडौं । धितोपत्र बजारमा बुक बिल्डिङ प्रणाली के हो भन्ने बारेमा सर्वसाधारण अन्योलमा रहेको पाइन्छ । गत असार महीनामा नियामक निकाय नेपाल धितोपत्र बोर्डले बुक बिल्डिङ सम्वन्धि निर्देशिकाको मस्यौदामा राय सुझाव मागेको थियो । योसँगै कतिपय लगानीकर्ताले अब आईपीओे रू.१०० मा नपाइने भन्दै सामाजिक सञ्जालमा टीकाटिप्पणी पनि गरेका थिए । आजको  श्रृंखलामा सर्वसाधारण लगानीकर्ता तथा पाठकलाई बिल्डिङ प्रणाली बारेमा जानकारी दिन गत असार १३ तथा मंसिर १  गते आर्थिक अभियान दैनिकको वेबसाइट तथा असार १४ गते आर्थिक अभियान दैनिकको प्रिन्ट शंस्करणमा प्रकाशित यो सामग्री सान्दर्भिक हुने ठानेर पुनः प्रकाशित गरेका छौं । वास्तवमा आईपीओमा बुक बिल्डिङ प्रक्रिया अपनाउनुको आशय नै प्रिमियममा आईपीओ जारी गर्ने हो । बुक बिल्डिङ भनेको एक प्रकारको लीलामी प्रक्रिया हो ।  यस प्रणालीमा कम्पनीले सार्वजिनक निष्कासन गर्न चाहेको कुल धितोपत्रमध्ये सीमित लीलामी गरिन्छ । र, त्यसबाट निर्धारित प्रिमियमको आधारमा बाँकी धितोपत्रको निष्कासन गर्दा मूल्य निर्धारित गरिन्छ । मानौं, कुनै कम्पनीले १० लाख कित्ता शेयर आईपीओ जारी गर्न लागेको छ ।  कम्पनीले त्यसमा २ लाख कित्ता बुक बिल्डिङ प्रक्रिया मार्फत विक्री गर्न आह्वान गर्न सक्छ । यसमा सबैभन्दा बढी कुन मूल्यमा सबै ९२ लाख० कित्ता विक्री हुन सक्छ, त्यो हेरिन्छ र त्यही मूल्यमा आईपीओ जारी गरिन्छ ।बुक बिल्डिङ प्रक्रियामा अपनाइने लीलामी प्रक्रियालाई ‘डच अक्शन’ भनिन्छ । सामान्य लीलामीमा खरीदकर्ताले तिर्न चाहेको मूल्य र तिर्ने मूल्य एउटै हुन्छ कि त उसले खरीद गर्नै पाउँदैन । डच अक्शनमा भने केही खरीदकर्ताले साँच्चै तिर्ने मूल्य तिर्न चाहेको मूल्यभन्दा कम हुन्छ । लीलामीमा भाग लिनेको हकमा मात्र यस्तो हो । सर्वसाधारण खरीदकर्ताले तिर्ने मूल्य भने एउटै हुन्छ ।   बुक बिल्डिङ प्रणाली कस्तो कम्पनीमा मात्र लागू हुन्छ ? नेपाल धितोपत्र बोर्ड (सेबोन) ले प्रकाशित गरेको निर्देशिका अनुसार बुक बिल्डिङ प्रक्रियाबाट आईपीओ निष्कासनका लागि कम्पनी लगातार ३ वर्षदेखि मुनाफामा सञ्चालन भएको हुनुपर्छ ।  साथै उक्त विधिबाट आईपीओ निष्कासन गर्न साधारणसभाबाट स्वीकृति पाएको र प्रतिशेयर नेटवर्थ प्रतिशेयर चुक्तापूँजीको कम्तीमा ५० प्रतिशत रहेको हुनुपर्नेछ । रेटिङ पनि औसत वा औसतभन्दा माथि हुनुपर्ने व्यवस्था छ । यी सबै मापदण्ड पूरा गरेर मात्र कम्पनीले बुक बिल्डिङ प्रणालीबाट आईपीओ निष्कासन गर्न सक्नेछ ।  सबै कम्पनीले यस्तो मापदण्ड पूरा गर्न सक्दैनन् । मापदण्ड पूरा गर्न नसक्ने कम्पनीले रू। १०० मै आईपीओ निष्कासन गर्छन् ।  बुक बिल्डिङ विधिबाट आईपीओको विक्री मूल्य निर्धारण गरी संस्थागत लगानीकर्तालाई ४० प्रतिशत र सर्वसाधारण लगानीकर्ताका लागि ६० प्रतिशत विक्री गर्ने व्यवस्था छ ।  यसरी शेयर लिने संस्थागत लगानीकर्ताले आईपीओ निष्कासन गरेको ६ महीनासम्म त्यो कम्पनीको शेयर खरीद विक्री गर्न पाउने छैनन् ।  यो विधि अन्तर्गत लीलामीमा भाग लिन धितोपत्र बोर्डबाट स्वीकृति पाएका संस्थागत लगानीकर्ता, सूचीकृत संघसंस्था, सामूहिक लगानी कोष, मर्चेण्ट बैंकर र मान्यताप्राप्त अवकाश कोष मात्र योग्य हुनेछन् ।   बुक बिल्डिङ प्रणाली लागू भएपछि धितोपत्र बजारमा उत्पादनमूलक क्षेत्रका सूर्य नेपाल, सीजी फूड्स र डाबर नेपाल जस्ता उच्च नाफा भइरहेका कम्पनीलाई शेयर बजारमा आउन प्रोत्साहन मिल्ने अपेक्षा गरिएको छ । उनीहरू नेटवर्थको उचित मूल्यमा शेयर विक्री गर्न सक्ने हुन्छन् ।  विकसित राष्ट्रहरूको शेयर बजारमा बुक बिल्डिङ प्रणाली नै प्रचलनमा छ ।

बुक बिल्डिङ प्रक्रियाबाट पहिलो आइपिओ

मुलुकमा बुक बिल्डिङ प्रक्रियाबाट पहिलोपटक प्राथमिक सेयरको मूल्य निर्धारण हुने भएको छ । सर्वोत्तम सिमेन्टले ६ माघमा डाकेको दोस्रो वार्षिक साधारणसभामा बुक बिल्डिङ विधिमा जाने विशेष प्रस्ताव लैजाँदै छ ।  कम्पनीमा...