सर्वोत्तम सिमेन्टले आईपीओ बिक्री गर्न माग्यो अनुमति

सर्वोत्तम सिमेन्टले बुक बिल्डिङ विधिबाट आईपीओ बिक्री गर्न धितोपत्र बोर्डसँग अनुमति मागेको छ । कम्पनीले पहिलो चरणमा बोर्डसँग योग्य संस्थागत लगानीकर्ताको लागि २४ लाख कित्ता आईपीओ निष्काशनको अनुमति मागेको हो ।कम्पनीको प्रावधानमा कूल सेयरको ४० प्रतिशत  कित्ता योग्य संस्थागत लगानीकर्तालाई छुट्याउनु पर्ने प्रावधान छ । सोहीअनुसार कम्पनीले बोर्डमा आवेदन दिएको हो । यसमा बिक्री प्रबन्धकको काम ग्लोबल आईएमई क्यापिटलले गर्नेछ । रिलायन्स स्पिनिङ मिल्सले पनि बुक बिल्डिङ विधिबाट आईपीओ बिक्री गर्न धितो

सम्बन्धित सामग्री

कुथेली बुखरी स्मलको आईपीओ बिक्री खुला

कुथेली बुखरी स्मल हाइड्रोपावर लिमिटेडले मंगलबारदेखि सर्वसाधारणका लागि प्राथमिक सेयर निष्कासन (आईपीओ) बिक्री खुला गरेको छ । कम्पनीले दोस्रो चरणको आईपीओ बिक्री खुला गरेको हो । कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आईपीओ निष्कासन गरी बाँडफाँट गरिसकेको छ । कम्पनीले जारी पुँजी १२ करोड १८ लाख ६७ हजार ५०० […]

इष्टर्न हाइड्रोपावरको आईपीओ बिक्री खुला

इष्टर्न हाइड्रोपावर लिमिटेडले सर्वसाधारणका लागि आईपीओ बिक्री खुला गरेको छ । कम्पनीले आयोजना प्रभावित स्थानीयमा आईपीओ बाँडफाँटपछि सर्वसाधारणलाई आईपीओ बिक्री खुला गरेको हो ।कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका ६ लाख ७० हजार ३१० कित्ता सेयर सर्वसाधारणमा बिक्री सुरु गरेको हो । ३३ हजार ५१५ कित्ता सेयर सामूहिक लगानी कोषका लागि सुरक्षित गरिएको छ । […]

धौलागिरी लघुवित्तको आईपीओ बिक्री खुला

काठमाडौं : धौलागिरी लघुवित्तले आजदेखि सर्वसाधारणका लागि आईपीओ बिक्री खुला गरेको छ। कम्पनीले ३ करोड ३१ लाख रुपैयाँ बराबरको आईपीओ बिक्री खुला गरेको हो। यसअनुसार यसले प्रतिकित्ता १०० अंकित मूल्यका दरले ३ लाख ३१ हजार कित्ता साधारण सेयर निष्कासन गरेको हो। यो मध्ये ५ प्रतिशत अर्थात् १६ हजार ५५० कित्ता सामूहिक लगानी कोष र ०  दशमलव ५५ अर्थात् ५ हजार १५५ कित्ता सेयर कर्मचारीहरुका लागि छुट्याइएको छ।बाँकी ३ लाख ९ हजार २९५ कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन्। यसमा साउन २९ गतेसम्म आवेदन द

सयपत्री हाइड्रोपावरको आईपीओ बिक्री खुल्यो

१३ साउन, काठमाडौं । सयपत्री हाइड्रोपावर लिमिटेडले सर्वसाधारणका लागि धितोपत्रको प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) बिक्री खुला गरेको छ । कम्पनीले १३ साउन शुक्रबारदेखि प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा आईपीओ बिक्री खुला गरेको हो । आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुका लागि आईपीओ निष्कासन गरेपश्चात सर्वसाधारणका लागि सार्वजनिक निष्कासन गरेको छ । कम्पनीले सर्वसाधारणका लागि ७ लाख २१ […]

अपर सोलू हाइड्रोपावरको आईपीओ बिक्री खुल्यो

आजदेखि अपर सोलु हाइड्रो इलेक्ट्रिक कम्पनीको साधारण सेयर (आईपीओ) बिक्री खुलेको छ । कम्पनीले सर्वसाधारणका लागि आजदेखि प्रतिकित्ता १०० रुपैयाँ अंकित साढे १९ लाख कित्ता आईपीओ बिक्री खुलाएको हो ।धितोपत्र बोर्डका अनुसार कम्पनीको १९ करोड ५७ लाख ५० हजार रुपैयाँ बराबरको १९ लाख ५७ हजार ५०० कित्ता सेयर बिक्री खुलेको हो । यसमध्ये, कर्मचारीका लागि ३९ हजार १५० कित्ता सेयर छुट्याइएको छ । यस्तै, ९७ हजार ८७५ कित्ता सामुहिक लगानी कोषका लागि छुट्याइएको छ ।खासगरी, कम्पनीले आफ्नो जारी चुक्ता पूँजी १ अर्ब ३५ करोडको २

सयपत्री हाइड्रोपावरको आईपीओ बिक्री खुला

काठमाडौँ – सयपत्री हाइड्रोपावरले बिहीबारदेखि साधारण सेयर (आईपीओ) बिक्री खुलाएको छ। कम्पनीले आयोजना प्रभावितका लागि १०० सय रुपैयाँअंकित तीन करोड रुपैयाँ बराबरको ३ लाख कित्ता आईपीओ बिक्री खुलाएको हो। सयपत्री हाइड्रोपावरको कूल चुक्ता पुँजी ३० लाख कित्ता बराबरको ३० करोड रुपैयाँको छ। जसमध्ये ३० प्रतिशत अर्थात ९ लाख कित्ता सेयर सर्वसाधारणमा बिक्री गर्न लागेको छ। […]

भारतको अहिलेसम्मकै धेरै आईपीओ बिक्री खुला

भारतमा आजदेखि अहिलेसम्मकै धेरै साधारण सेयर (आईपीओ) बिक्री खुला भएको छ । भारतको डिजिटल वालेट पेटीएमले अहिलेसम्मकै सबैभन्दा ठूलो आईपीओ बिक्री खुलाएको हो । कम्पनीले आईपीओ बिक्री गरेरै एक खर्ब ८३ अर्ब भारतीय रुपैयाँ (१८ हजार ३०० करोड भारू) जुटाउने योजना बनाएको छ ।यसअघि, कोल इन्डियाले एक खर्ब ५० अर्ब भारतीय रुपैयाँ (१५ हजार करोड भारू) र रिलायन्स पावरले एक खर्ब २० अर्ब भारू (१२ हजार करोड भारू) को आईपीओ बिक्री गरेको थियो । पेटीएम भारतको डिजिटल वालेट कम्पनी हो । भारतीयले लगानीकर्ता संस्थापक रहेको य

जीवन विकासको आईपीओ बिक्री खुल्यो, कतिले पाउँछन् यो आईपीओ ?

जीवन विकास लघुवित्तको आईपीओ बिक्री खुला भएको छ । यस लघुवित्तले १९ करोड ७७ लाख ३० हजार रुपैयाँ बराबरको आईपीओ जारी गरेको छ ।जीवन विकासले एक सय रुपैयाँ दरको १९ लाख ७७ हजार ३ सय कित्ता आईपीओ बिक्री गर्नेछ । यसमध्ये ०.५ प्रतिशत अर्थात् ३० हजार  ४ सय २० कित्ता कर्मचारी र ५ प्रतिशत अर्थात ९८ हजार ८ सय ६५ कित्ता म्युचुअल फन्डको लागि छुट्याइएको छ । बाँकी १८ लाख ४८ हजार १५ कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन् ।आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम १ हजार कित्ताका लागि आवेदन दिन सकिनेछ । यस आई

सीईडीबी हाइड्रोपावरको डेभलपमेन्टको आईपीओ बिक्री खुल्यो, कति दिने आवेदन ?

सीईडीबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको आईपीओ बिक्री खुला भएको छ । कम्पनीले वैशाख १७ गतेबाट कुल २५ लाख १८ हजार २३० कित्ता आईपीओ बिक्री खुला गरेको हो  । यसमा सर्वसाधारणले २३ लाख ४१ हजार ९ सय ५४ कित्ता सेयरमा आवेदन दिन पाउँनेछन् । प्रतिकित्ता १०० रुपैयाँका दरले १० कित्तादेखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन सकिनेछ । सीईडीबीको यस आईपीओमा वैशाख २१ गतेसम्म आवेदन दिन पाइनेछ । उक्त समयमा सबै आईपीओ बिक्री नभएमा भने वैशाख ३१ गतेसम्म भर्न खुला रहनेछ ।कम्पनीले  २ प्रतिशत अर्थात ५० हजा

वैशाख २१ देखि मध्य भोटेकोशीको आईपीओ बिक्री खुला हुने

मध्य भोटेकोशी जलविद्युत परियोजनाले वैशाख २१ गतेदेखि आईपीओ बिक्री खुला गर्ने भएको छ । कम्पनीले आयोजना प्रभावित स्थानीयलाई आईपीओ जारी गर्न लागेको हो । कम्पनीले आयोजना प्रभावित सिन्धुपाल्चोक जिल्लाका स्थानीयलाई ६० लाख कित्ता आईपीओ बिक्री गर्न लागेको हो ।जसमध्ये ३० प्रतिशतले हुन आउने १८ लाख कित्ता सेयर भोटेकोशी गाउँपालिका वडा नम्बर १ र ५ र बाह्रबिसे नगरपालिका वडा नम्बर ५,६,७ र ८ का स्थानीयलाई छुट्याइएको छ ।यस्तै, ७० प्रतिशतले हुन आउने ४२ लाख कित्ता सेयर सन्धुपाल्चोक जिल्लाका अन्य क्षेत्रका स्थानीयवा