युनिलिभर नेपाल Unilever Nepal ले साधारणसभा आह्वान गरेको छ । कम्पनीले कार्तिक ११ गते भर्चुअल माध्यमबाट कम्पनीको २८ औ साधारणसभा गर्ने निर्णय गरेको हो ।सभामा लाभांश सहितका विविध प्रस्ताव पेश हुने छन् । कम्पनीले आर्थिक वर्ष ७७/७८ को मुनाफाबाट प्रति शेयर ६५० रुपैयाँको दरले नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । कम्पनीको साधारणसभाले पारित गरेपछि लगानीकर्तालाई लाभांश वितरण हुने छ । कम्पनीले साधारणसभा प्रयोजनको लागि असोज २५ गते बुक क्लोज गरेकोले असोज २४ गतेसम्म कायम शेयरधनीले मात्र लाभांश पाउन सक्ने छन् । कम्पनीले साधारणसभा भएको ४५ दिन भित्र लाभांश वितरण गरिसक्ने जनाएको छ । यस्ता छन् सभामा पेश हुने प्रस्तावहरु: १. आ.ब. २०७७-७८ (१६ जुलाई २०२० देखि १५ जुलाई २०२१) को नाफा नोक्सान विवरण, वासलात, नगद प्रवाह विवरण, आषाढ ३१,२०७८ (१५ जुलाई २०२१) सम्मको संचालक समिति तथा लेखा परिक्षकका प्रतिवेदनहरु प्राप्त गरी पारित गर्ने । २. २०७८ साल श्रावण १ (१६ जुलाइ २०२१) देखि शुरु हुने वर्षको लागि नयाँ लेखापरिक्षकको नियुक्ति गर्ने र पारिश्रमिक तोक्ने । ३. संचालक समितिको सिफारिस बमोजिम लाभांश स्वीकृति गर्ने । ४. प्रबन्ध निर्देशकको पारिश्रमिकको बारेमा जानकारी गराउने । ५. युनिलिभर नेपाल लिमिटेडको संगठित सामाजिक जिम्मेवारी अन्तर्गतका परियोजनाहरुको खर्चहरु पारित गर्ने । ६. सर्वसाधारण शेयरधनीहरुको प्रतिनिधित्व गर्ने निर्देशक नियुक्ति गर्ने । ७. विविधः अध्यक्षको अनुमति अनुसार ।