हमलाको आशंका र अनिश्चितताका बीच युक्रेन आफ्नो पूर्वी छिमेकी देश रुसको अर्को कदमको प्रतीक्षा गरिरहेको छ । पश्चिमका थुप्रै देशका गुप्तचर एजेन्सीले रुसले आफ्नो छिमेकी देश युक्रेनमाथि हमला गर्नसक्ने लगातार चेतावनी दिएको छ । अमेरिकाका राष्ट्रपति जो बाइडेनले बुधबार यसबारे आफ्नो धारणा व्यक्त गरेका छन् । उनले भनेका छन्, ‘मलाई लाग्छ कि मेरा रुसी समकक्षी भ्लादिमिर पुटिन युक्रेनमा दखल दिनेछन् तर युद्धबाट भने बच्न चाहनेछन् ।’राष्ट्रपति बाइडेनले वास्तवमा रुसी सेनाको सानो दखलको आशं