नेपालले मैत्रीपूर्ण फुटबल स्पर्धा अन्तर्गतकाे दोस्रो तथा अन्तिम खेलमा भारतको सामना गर्दैछ । पहिलो खेल १–१ को बराबरीमा सम्पन्न भएको थियो ।
अपेक्षाकृत शक्तिशाली प्रतिद्वन्दीलाई पहिलो खेलमा बराबरीमा रोकेको नेपाली फुटबल टोली आज उच्च मनोबलका साथ मैदानमा उत्रिनेछ । घरेलु प्रशंसकको उपस्थितिमा त्रिपुरेश्वरस्थित दशरथ रङशालामा साँझ साढे पाँच बजेपछि खेल हुनेछ । नेपालले भने पहिलो खेलको अपेक्षा सुधारिएको प्रदर्शन गर्ने र जित्ने लक्ष्यसहित मैदानमा उत्रिनेछ ।