कांग्रेस महामन्त्रीमा यी नेताहरूबीच मुख्य प्रतिस्पर्धा

नेपाली कांग्रेसको महामन्त्री पदमा पुग्न दोस्रो पुस्ताका नेता मात्रै मैदानमा देखिएका छन् । सभापतिपछि कार्यकारी भूमिकामा महामन्त्री शक्तिशाली मानिन्छ । विगतका महाधिवेशनबाट यो पदमा १ जना मात्र निर्वाचित हुने व्यवस्था थियो तर विधान संशोधनपछि १४औं महाधिवेशनबाट २ महामन्त्री निर्वाचित हुनेछन् । १४ पदाधिकारीमा कोषाध्यक्षबाहेक अरू निर्वाचित हुने व्यवस्था कांग्रेसले गरेको छ । महामन्त्रीका आकांक्षीहरू प्यानलमै उम्मेदवार बन्ने दाउमा देखिन्छन् । सभापति शेरबहादुर देउवा पक्षबाट बालकृष्ण खाँण, ज्ञानेन्द्रबहादुर कार्की, डा. प्रकाशशरण महत, एन...

सम्बन्धित सामग्री

रक्षामन्त्रालय एकैपटक मन्त्री र सचिवविहीन, सचिव बढुवामा चारजनाको प्रतिस्पर्धा

कांग्रेस महामन्त्रीमा पराजित भएपछि रक्षामन्त्रीबाट डा. मिनेन्द्र रिजालले केही दिनअघि राजीनामा दिएका थिए । प्रधानमन्त्री शेरबहादुर देउवाले अर्को रक्षामन्त्री नियुक्त नगरी सो मन्त्रालय आफ्नै मातहतमा राखेका छन् । आजबाट सचिव पनि खाली भएको छ ।

महामन्त्रीमा हार्ने संकेतपछि रिजालले गरे रक्षामन्त्रीबाट राजीनामा दिने घोषणा

काठमाडौँ- कांग्रेस महामन्त्री पदमा हार्ने संकेत देखिएपछि डा.मिनेन्द्र रिजालले  रक्षामन्त्रीबाट राजीनामा दिने घोषणा गरेका छन् । सामाजीक सञ्जाल फेसबुक मार्फत उनले राजीनामाको घोषणा गरेका हुन् । ‘नेपाली काङ्ग्रेसको चौधौं महाधिवेशनमा मैले प्रतिस्पर्धा गरेको महामन्त्री पदको प्रारम्भिक परिणामबाट नै स्पष्टरूपमा प्राप्त सन्देशलाई दृष्टिगत गर्दै रक्षामन्त्रीको पदबाट राजीनामा दिने निर्णय लिएको छु,’ रिजालले भनेका छन्’,अन्तिम परिणाम प्राप्त […]

कांग्रेस महामन्त्रीमा शर्मा, महत र पौडेलबीच कडा प्रतिस्पर्धा

काठमाडौँ – नेपाली कांग्रेसको महामन्त्रीमा शेखर कोइराला प्यानलका गगन थापा सर्वाधिक मतसहित अग्रस्थानमा कायम रहँदा दोस्रो स्थानका लागि तीन नेताबीच कडा प्रतिस्पर्धा देखिएको छ। सुरुवाती चरणदेखि नै थापाले अग्रता कायम राखेका छन् र उनले मतान्तर बढाउँदै लगेका छन्। तर दोस्रो स्थानका लागि तीन नेताहरु विश्वप्रकाश शर्मा, प्रकाशशरण महत र प्रदीप पौडेलबीच निकै कडा प्रतिस्पर्धा देखिएको […]

कांग्रेस मतगणना अपडेट : महामन्त्रीमा गगन थापाको अग्रता फराकिलो बन्दै

काठमाडौँ- नेपाली कांग्रेसमा नयाँ कार्यसमिति चयनका लागि भएको निर्वाचन अन्‍तर्गत जारी महामन्त्री पदको गणनामा गगन थापाले अग्रता फराकिलो पार्दै लगेका छन् । महामन्त्री पदको गणना चलिरहँदा गगन थापाले अग्रता फराकिलो पार्दै लगेका छन् । ६०० सय मत गन्दा थापाले ३८९ मत पाएका छन् । दोस्रोमा विश्वप्रकाश शर्मा, प्रदीप पौडेल र डा.प्रकाशशरण महतको उच्च प्रतिस्पर्धा देखिएको […]

कांग्रेस मतगणना : महामन्त्रीमा गगन थापाको अग्रता कायमै

काठमाडौँ- नेपाली कांग्रेसमा नयाँ कार्यसमिति चयनका लागि भएको निर्वाचन अन्‍तर्गत अहिले महामन्त्री पदको गणना जारी छ । महामन्त्री पदको गणना चलिरहँदा गगन थापाले अग्रता फराकिलो पार्दै लगेका छन् । ३०० सय मत गन्दा २०० मत पाएका छन् । दोस्रोमा प्रदीप पौडेल र विश्वप्रकाश शर्माबीच उच्च प्रतिस्पर्धा देखिएको छ । पद्रीपले ११० मत ल्याउँदा विश्वप्रकाशले १०४ […]

कांग्रेस महाधिवेशन : उम्मेदवारको अन्तिम नामावली सार्वजनिक (सूचीसहित)

नेपाली कांग्रेसको नयाँ नेतृत्वका लागि उम्मेदवारी दिएका उम्मेदवारहरूको अन्तिम नामावली सार्वजनिक भएको छ । सभापतिमा ५ जनाबीच प्रतिस्पर्धा हुने भएको छ । उपसभापतिमा ७ जना, महामन्त्रीमा ६ जना र सहमहामन्त्रीमा १९ जना उम्मेदवार मैदानमा छन् ।

कांग्रेस १४औं महाधिवेशन : नेतृत्वमा पुग्न चर्को प्रतिस्पर्धा हुँदै

काठमाडौं । नेपाली कांग्रेसको जारी १४औं महाधिवेशनले नयाँ नेतृत्व चयन गर्दै छ । आज (आइतवार) हुने निर्वाचका लागि सभापति पदमा ६ जनाले उम्मेदवारी दिएका छन । सभापतिमा वर्तमान सभापति शेरबहादुर देउवालाई चुनौती दिन संस्थापन इतरका दुई प्यानल र स्वतन्त्र रूपमा दुई जनाले उम्मेदवारी दर्ता गराए । १३ औं महाधिवेशनवाट सभापति चुनिएका देउवाले पार्टीलाई विधान र विधिमा चलाउन नसकेको आरोप लगाइरहेको इतरपक्ष विभाजित हुँदै उम्मेदवारी दिएको छ । देउवालाई सभापतिमा चुनौती दिँदै शेखर कोइराला र प्रकाशमान सिंह संस्थापन इतरबाट उम्मेदवारी दर्ता गराएका छन् । त्यसैगरी, स्वतन्त्र रूपमा कल्याण गुरुङ र युवराज न्यौपानेले सभापतिमा उम्मेदवारी दर्ता गराएका छन् । उनीहरूले सभापतिमा टक्कर दिन नसक्ने भए पनि देउवालाई शेखर र प्रकाशमानले टक्कर दिने आशा गरेका छन् । पहिलो चरणमा हुने मतदानमा कुल खसेको मतको ५१ प्रतिशत मत ल्याउनुपर्ने व्यवस्था छ । ५१ प्रतिशत मत प्राप्त हुन नसकेमा पुनः मतदान हुनेछ । दोस्रोपटक हुने मतदान भने शीर्ष दुईमात्र प्रतिस्पर्धी हुनेछन् । यस्तै, नेपाली कांग्रेसको जारी १४औं महाधिवेशनमा उपसभापतिमा केही नयाँ र केही पुराना अनुहार देखिएका छन् । देउवा प्यानलमा उपसभापतिमा विजयकुमार गच्छादार र पूर्णबहादुर खड्काले उम्मेदवारी दर्ता गरेका छन् । शेखर कोइराला प्यानलबाट चन्द्र भण्डारी र धनराज गुरुङले उपसभापतिमा उम्मेदवारी दिएका छन् । त्यस्तै प्रकाशमान सिंह प्यानलबाट सुजाता कोइरालाले उम्मेदवारी दिएकी छन् । त्यस्तै स्वतन्त्र रूपमा महेश आचार्यले उपसभापतिमा उम्मेदवारी दिएका छन् । महामन्त्री पदमा ५ जनाले उम्मेदवारी दिएका छन । शनिवार मनोनयन दर्ताका लागि तोकिएको समयमा पाँच जनाले महामन्त्रीमा उम्मेदवारी दिएका दिए । शेरबहादुर देउवाले सभापतिको उम्मेदवारी दिँदा प्रकाशशरण महत र कृष्णप्रसाद सिटौला गुटबाट प्रदीप पौडेललाई छानेका छन् । त्यस्तै संस्थापनइतर पक्षबाट दुई जनाले सभापतिमा उम्मेदवारी दिँदा तीन जनाले महामन्त्रीमा उम्मेदवारी दर्ता गराए । शेखर कोइराला प्यानलबाट गगन थापा र मीनेन्द्र रिजालले महामन्त्रीमा उम्मेदवारी दर्ता गराएका छन् भने प्रकाशमान सिंहको प्यानलबाट विश्वप्रकाश शर्माले उम्मेदवारी दिएका छन् ।

कांग्रेस लुम्बिनीमा ८ पदाधिकारीका लागि १७ जनाको उम्मेदवारी

नेपाली कांग्रेसको लुम्बिनी प्रदेश नेतृत्वका लागि केन्द्रीय नेताहरूबीच नै प्रतिस्पर्धा चलेको छ । शुक्रबार दिउँसो भएको मनोनयनमा सभापतिमा २, उपसभापतिमा ४, महामन्त्रीमा ५ र सहमहामन्त्रीमा ६ जनाको उम्मेदवारी परेको छ ।

कांग्रेस महामन्त्रीमा रोचक प्रतिस्पर्धा, को को छन प्रत्यासी ?

नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेल पनि मंसिरमा हुने १४ औं महाधिवेशनमा महामन्त्री पदमा लड्ने भएका छन्। पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला पक्षबाट पौडेलले महामन्त्रीमा लड्ने तयारी गरिरहेका छन्।  पौडेल पछिल्लो समय केन्द्रीय क्रियाशील ...