खेल मैदानमा तेक्वान्दो कला देखाउने स्विडिस फुटबलर

इब्राहिमोभिक निकै शक्तिशाली छन् । उनीसँग झगडाको पृष्ठभूमि लामै छ, त्यसैले विपक्षीहरू सतर्क भएर बस्छन् । कहिले उनी आफैँलाई सिंह घोषणा गर्छन्, त कहिले भगवान् । ६ फुट ५ इन्च अग्ला यी स्विडिस खेलाडी ३९ वर्षको उमेरमा पनि निकै शक्तिशाली छन्, जबकि उनको उमेरका प्रायः सबै खेलाडीले बुट थन्क्याइसके

सम्बन्धित सामग्री

इलाममा ब्यवस्थित कबर्ड हलकाे अभाव

इलाम । इलाममा खेलाडीले प्रशिक्षण गर्ने ब्यवस्थित कबर्ड हल नहुँदा समस्या भएको छ । जिल्लामा कोठा बाहिर मैदानमा खेलिने खेल र कोठाभित्र खेलिने खेलका लागि ब्यवस्थित संरचना नहुँदा समस्या भएको हो । कर्बड हल अभावकै कारण मार्सल आर्ट सम्बन्धिका ४ खेलहरु (तेक्वान्दो, कराँते, उसु र बक्सिङ) जिल्ला खेलकुद विकास समिति कार्यालयको सानो हलभित्र एकैचोटि खेल्नुपर्ने […]

प्रधानसेनापति ट्रफी–२०७८ सम्पन्न

काठमाडौँ – प्रधानसेनापति ट्रफी–२०७८ खेलकुद प्रतियोगिता शुक्रबार जंगी अड्डास्थित खेल मैदानमा प्रधानसेनापति महारथी प्रभुराम शर्माले समापन गरेका छन्। प्रतियोगितामा तेक्वान्दो, बक्सिङ, पौडी, आर्चरी, एथ्लेटिक्स, सुटिङ, भलिबल, बास्केटबल र फुटबल गरी ९ वटा विधाका खेल समावेश थिए। समापनका क्रममा प्रधानसेनापति महारथी शर्माले कमाण्डतर्फ प्रथम हुन सफल मध्यकमान्ड हेडक्वाटरका कमाण्ड सेनापति उपरथी बाबुराम श्रेष्ठ, बाहिनी अड्डातर्फ प्रथम […]

टोकियो ‌ओलम्पिकमा नेपालका ५ जना खेलाडीले प्रतिस्पर्धा गर्ने

साउन ६,  काठमाडौं । जापानको टोकियोमा आयोजना हुने ३२औं गृष्मकालीन ओलम्पिक खेलमा नेपालबाट चार ओटा खेलमा पाँच जना खेलाडीले प्रतिस्पर्धा गर्दैछन् ।             यही साउन ८ देखि २४ गतेसम्म सञ्चालन हुने विश्व खेलकूदको महाकुम्भ ओलम्पिकमा नेपालले एथ्लेटिक्स, सुटिङ, जुडो र पाौडी खेलमा सहभागिता जनाउँदैछ । ३२ औं गृष्मकालीन ओलम्पिकमा एथ्लेटिक्समा सरस्वती चौधरी, सुटिङमा कल्पना परियार, जुडोमा सोनिया भट्ट र पौडीमा गौरिका सिंह र एलेक्स शाहले नेपालको चुनौती प्रस्तुत गर्नेछन् ।             एथ्लेटिक्सतर्फ नेपालकी सरस्वती चौधरीले प्रतिस्पर्धा गर्दैछिन् । उनले १०० मिटर दौडमा नेपालको चुनौती प्रस्तुत गर्न लागेकी हुन् । छोटो दूरीका धाविका चौधरी युनिभर्सालिटी कोटामा ओलम्पिक खेल्न लागेकी हुन् । उनी साउन १५ गते मैदानमा उत्रनेछिन् ।             सुटिङमा कल्पना परियारले नेपालको चुनौती प्रस्तुत गर्नेछिन् । उनले महिला १० मिटर एयर राइफलमा नेपालको चुनौती प्रस्तुत गर्ने भएकी हुन् । उनी वाइल्ड कार्ड प्राप्त गरेर टोकियो ओलम्पिकमा भाग लिन लागेकी हुन् । उनको खेल यही साउन ९ गते हुनेछ । उनले छनोट चरण पार गरे अन्तिम चरणको खेल पनि साउन ९ गते साँझ नै हुनेछ ।             जुडोमा सोनिया भट्टले प्रतिस्पर्धा गर्नेछिन् । उनी पनि वाइल्ड कार्डको माध्यमबाट ओलम्पिकमा भाग लिन लागेकी हुन् । अन्तर्राष्ट्रिय जुडो महासङ्घले वरियताका आधारमा सोनियालाई ओलम्पिकमा सहभागिता जनाउन लागेको हो । १९ वर्षीय सोनियाले ४८ केजीमुुनि तौल समूहमा नेपालको चुनौती प्रस्तुत गर्नेछिन् । उनको खेल पनि यही साउन ९ गते नै हुनेछ । पहिलो चरण पार गरे अन्य चरणको खेल पनि सोही दिन हुनेछ ।             पौडीमा नेपालबाट एलेक्स शाहले र गौरिका सिंहले सहभागिता जनाउँदैछन् । दुवै खेलाडी युनिभर्सालिटी कोटा ९विश्वव्यापी सहभागिता० बाट ओलम्पिक पुगेका हुन् । नेपाली पौडी खेलाडी एलेक्सले पुरुष १०० मिटर फ्रिस्टाइलमा नेपालको प्रतिनिधित्व गर्नेछन् । उनले साउन १२ गते पुरुष १०० मिटर फ्रिस्टाइलको हिट चरणमा प्रतिस्पर्धा गर्नेछन् । एलेक्सले हिट चरण पार गर्न सकेमा साउन १३ गते अर्को खेल तथा त्यसमा पनि सफल भएको अवस्थामा फाइनल चरण साउन १४ गते प्रतिस्पर्धा गर्नेछन् ।             त्यस्तै जलपरी गौरिकाले महिला १०० मिटर फ्रिस्टाइलमा चुनौती प्रस्तुत गर्नेछिन् । उनले अघिल्लो संस्करणको ओलम्पिक खेलमा सबैभन्दा कम उमेरकी खेलाडी बनेर चर्चा कमाएकी थिइन् । गौरीकाले यही साउन १३ गते महिला १०० मिटर फ्रिस्टाइलको हिट चरणमा प्रतिस्पर्धा गर्नेछिन् ।             समग्रमा हेर्ने हो भने नेपालले ओलम्पिक खेलमा खासै उल्लेखनीय प्रदर्शन गर्न सकेको छैन । नेपालको प्रतिस्पर्धा भनेको सहभागितामा मात्र सीमित बनेको छ । ओलम्पिकमा नेपालले खेलेको १४ संस्करणसम्मको खेलको इतिहासलाई हेर्दा कुनै उपलब्धि हासिल गर्न सकेको छैन ।             नेपालले सन् १९६४ मा जापानको टोकियोमै भएको १८औं संस्करणको खेलबाट ओलम्पिक यात्रा शुरु गरेको थियो । हालसम्म नेपालका ८५ जना खेलाडीले ओलम्पिकमा सहभागिता जनाइसकेका छन् । तर कुनै पनि खेलाडीले आधिकारिक पदक हात पार्न सकेका छैनन् ।             यद्यपि नेपालका तेक्वान्दो खेलाडी दीपक विष्ट र सङ्गीना वैद्यले भने ओलम्पिक खेलको छनोट प्रतियोगिता पार गरेका छन् । ओलम्पिकमा नेपालबाट हालसम्म आठ ओटा खेलमा प्रतिनिधित्व भएको छ । एथ्लेटिक्स, बक्सिङ, पौडी, तेक्वान्दो, भारोत्तोलन, सुटिङ, जुडो र आर्चरी खेलबाट नेपालले प्रतिनिधित्व गरेको हो । त्यसमध्ये ओलम्पिक यात्रा शुरु गरेयता एथ्लेटिक्स खेलको सहभागिता भने हालसम्म टुटेको छैन ।             यसपटकको ओलम्पिकमा पनि नेपाली टोलीको लक्ष्य भनेको पदकभन्दा पनि आफ्नो व्यक्तिगत प्रदर्शन सुधार गर्नु नै हुनेछ । ओलम्पिक खेलका लागि पौडी, सुटिङ र जुडोका खेलाडी जापानको टोकियो पुगिसकेका छन् भने एथ्लेटिक्स टोली यही साउन ९ गते जापान प्रस्थान गर्नेछन् । रासस

राष्ट्रपति रनिङ शिल्ड सुरु

मोरङको बेलबारी–११ स्थित लक्ष्मी माविको खेल मैदानमा शुक्रबारदेखि जिल्ला स्तरीय १२ औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ । प्रतियोगिताको पहिलो दिन तेक्वान्दो र उसुका सबै इभेन्ट्स सकिएको छ भने एथ्लेटिक्सका केही इभेन्ट सम्पन्न भएको छ ।

बालबालिकालाई मार्सलआर्ट सिकाउनमै व्यस्त गौरी

डडेल्धुरा : सानै उमेरबाट खेलप्रति अभिरुचि राख्ने गौरी हमाल अहिले डडेल्धुराको परशुराम नगरपालिका–५ परिगाउँमा तेक्वान्दो प्रशिक्षण गर्दै आएकी छिन्। भुवनेश्वरी नमुना मावि कक्षा १२ मा अध्ययनरत छात्रा गौरी हमाल हरेक दिन बेलुकी बालबालिकालाई तेक्वान्दो खेल सिकाउनमा व्यस्त देखिन्छन्। विद्यालकै मैदानमा बेलुकी हुँदा साथ ३५ भन्दा ...