डेभोन कोन्वे र रचिन रवीन्द्रको सानदार शतकमा न्युजिल्यान्डले बिहीबार एकदिवसीय विश्वकप क्रिकेटको उद्घाटन खेलमा शक्तिशाली प्रदर्शन गर्दै इंग्ल्यान्डलाई ९ विकेटले पराजित गरेको छ । चार वर्षअघि इंग्ल्यान्डले घरेलु मैदानमा न्युजिल्यान्डलाई हराएर पहिलो पटक विश्वकप जितेको थियो ।