बाँके – काठमाण्डाैकाे धरहराको झल्को दिने गरी कोहलपुर नगरपालिका ११ गोलपार्कमा सुविधा सम्पन्न भ्यु टावर निर्माण भइरहेको छ । कोहलपुरको मौलिक पहिचान झल्कने गरी घण्टाघरसहितको १० तले सुविधा सम्पन्न यस भ्यु टावरको निर्माण अन्तिम चरणमा पुगेको छ । लिफ्टसहितको सुविधा सम्पन्न यस भ्यु टावर कोहलपुर नगरपालिकाले गौरवको योजनाभित्र पारेर निर्माण गरेको मेयर लुटबहादुर रावतले जानकारी दिनुभयो । उहाँका अनुसार भ्यु टावरको भौतिक प्रगति ७० प्रतिशतभन्दा बढी भइसकेको छ । अब लिफ्ट जडानसहित रङ्गरोगन र सजावटको काम बाँकी छ । मेयर राव...