धनुषाको मुखियापट्टीमा मधेस सरकारले भ्यु टावर बनाउने

जनकपुरधाम – मधेस सरकारले देशकै सबैभन्दा होचो स्थानमा भ्यु टावर बनाउने भएको छ। धनुषाको मुखियापट्टी मुसहरनियाँमा भ्युटावर बनाउनका लागि अध्ययन थालेको छ। भौतिक पूर्वाधार विकास मन्त्रालयले धनुषाको मुखियापट्टी मुसहरनियाँ गाउँपालिका–२ मा भ्युटावर बनाउनका लागि अध्ययन थालेको छ। मन्त्रालयले भ्यु टावरलगायत पिकनिक स्पोर्टका रूपमा मुसहरनियालाई विकास गर्न अध्ययन थालेको हो। सोमबार प्राविधिक टोलीसहित पूर्वउपप्रधानमन्त्री विमलेन्द्र निधि, […]

सम्बन्धित सामग्री

काठमाण्डाै भ्यु टावर - ७० प्रतिशत काम सकियाे

काठमाण्डौ – समय सीमा सकिएको एक वर्ष बितिसक्दासम्म काठमाण्डौ भ्यु टावर निर्माणको काम अहिलेसम्म ७० प्रतिशतमात्र सकिएको छ । स्तम्भ निर्माणका लागि जलेश्वर, स्वच्छन्द र बिकोईले विसं २०७३ साउनदेखि निर्माणको काम सुरु गरेको हो । स्तम्भ निर्माणका लागि काठमाण्डौ र जलेश्वर, स्वच्छन्द र बिकोई कम्पनीबीच २०७१ साल फागुन २२ गते सम्झौता भएको थियो ।  सम्झौताअनुसार पाँच वर्षभित्र ती कम्पनीले आफ्नो लगानीमा भवन बनाएर ३० वर्षसम्म भोगचलन गर्न सक्ने उल्लेख छ ।  निर्माणको कामअन्तर्गत अहिले नवौँ तलाको काम भइरहेको छ । सम्झौताअनुसार पाँच वर्...

जनस्तरबाटै बनाइयो भ्यु टावर

सरकारले अनुत्पादक क्षेत्रमा लगानी गरेको भन्दै भ्यु टावर निर्माणप्रति जनस्तरबाट चर्को आलोचना हुने गर्दछ।...

‘भ्यु टावर’ कि ‘घिउ टावर’ ?

जननेताहरू नवधनाढ्य शासकमा परिणत भएपछि वर्गीय धरातल बिर्सिएपछि समाजवादको मोडालिटीभित्र जन्मदारहेछन्, अग्लाअग्ला गगनचुम्बी ‘भ्यु टावर’ हरू ? यखितेर प्रश्न सोध्न मन लागेको छ काठमाडौँको भीमसेन धरहराभन्दा बाहेक मुलुकको कुनचाहिँ भ्यु टावरले आफ्नो लगानीको प्रतिफल निस्कने गरी आम्दानी दिनेछ ? क्रियाशील कुनै पार्टीका नेताहरूसँग यी प्रश्नको वस्तुगत उत्तर छैनन् र हुँदैनन् पनि यतिखेर । देशको आवश्यकता […]

भ्यु टावर बनाउँदैनौँ भनेर नेपाली काँग्रेसले घोषणापत्र ल्याउनुपर्छः डा. कोइराला

तनहुँ– नेपाली काँग्रेसका नेता डा. शेखर कोइरालाले भ्यु टावरमा होइन अस्पताल र विद्यालय निर्माणमा पैसा खर्च गर्नुपर्ने बताएका छन् । तनहुँको बन्दीपुर गाउँपालिका–२ स्थित सिमलटार खानेपानी आयोजना उद्घाटन कार्यक्रममा नेता डा. कोइरालाले भ्यु टावर बनाउँदा लाग्ने खर्च अस्पताल र विद्यालयमा लगानी गर्नुपर्ने बताएका हुन् । उनले भ्यु टावरमा अनावश्यक खर्च भइरहेको भन्दै भ्यु टावर नबनाउने […]

मधेसका फाँट हेर्न ६० लाखको भ्यु टावर !

समथर मैदानका साथै डाँडाकाँडा, जंगल एवं चुरे पहाडले प्राकृतिक रुपमा सम्पन्न निजगढ नगरपालिकाले मधेसका फाँटहरू हेर्न ६० लाख लगानीमा ४ तले भ्यु टावर बनाएको छ । पर्यटन प्रवर्द्धन गर्न भन्दै नगरपालिकाको वडा नं ४ स्थित हीरालाल पार्कभित्र भ्यु टावर निर्माण गरेको हो ।नगरपालिकाका इञ्जिनियर नवीन खनालले मधेसका फाँटहरू हेर्न नगर विकास कोषको ६० लाख बजेटबाट भ्यु टावर निर्माण गरिएको बताए । उनले भने, ‘भ्यु टावरमा टेलिस्कोप जडान गरेर ३० देखि ३५ किलोमिटर टाढा  तराईका भूभाग हेर्न मिल्ने गरी बनाउने हाम्रो

रोल्पा भर्सेस रुपन्देही :  ‘भ्यु टावर’ ठड्याउने प्रतिस्पर्धा !

स्थानीय तह निर्वाचन मिति नजिकिएसँगै विगत वर्षहरूमा भए गरेका विकासे कामहरूको चर्चा र उद्घाटन गर्न राजनीतिक दलका शीर्ष नेताहरू प्रतिस्पर्धामा उत्रिन थालेका छन् । अझ रोचक त के छ भने भ्यु टावरको उद्घाटनसँगै नेताहरूबीच विकासको गति र मोडलको स्वामित्व लिन होडवाजी नै चलेको छ । प्रमुख राजनीतिक दलका नेताहरू यिनै भ्यु टावर देखाएर आगामी निर्वाचनमा जनतासँग मत माग्दै पुन आफ्नो पार्टीलाई जिताउन मतदातासँग अनुनयविनय गरिरहेका छन् । प्रमुख राजनीतिक दलका नेताहरूमा देखिएको भ्यु टावर मोहलाई सामाजिक सञ्जालमा व्या

देशभर ठडिए १७ अर्बका भ्यु टावर : बनुञ्जेल चुपचाप, बनिसकेपछि होहल्ला

काठमाडौं : नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओली मंगलबार बिहान रुपन्देहीको तिलोत्तमा नगरपालिका-२ को वन बाटिकामा निर्मित भ्यु टावर उद्घाटन गर्न पुगे। १५ चैत २०७४ मा शिलान्यास भएको सो टावर  कुल ११ करोड ५४ लाख ८१ हजार रूपैयाँ लगानीमा निर्माण गरिएको हो। सो टावर तिलोत्तमा नगरपालिका र शंकरनगर वन विहारको संयुक्त लगानीमा निर्माण गरिएको हो। भ्युटावर बनाउन ७० प्रतिशत रकम तिलोत्तमा नगरपालिकाले र ३० प्रतिशत रकम शंकरनगर वन विहार तथा अनुसन्धान केन्द्रले लगानी गर

‘भ्यु टावर’ बनाउने प्रवृत्ति राम्रो भएन : पर्यटन विज्ञ

काठमाण्डाै - दृश्यावलोकन स्तम्भ ‘भ्यु टावर’ बनाउने प्रवृत्तिले पर्यटन क्षेत्रको सही विकास नहुने धारणा विज्ञहरुले व्यक्त गरेका छन् ।  त्रिभुवन विश्वविद्यालय अल्मुनाइ एसाेसिएशनद्वारा आयोजित ‘नेपालमा पर्यटन उद्योगको विकास र त्रिभुवन विश्वविद्यालयको योगदान’ विषयक छलफलमा सहभागी विज्ञहरुले दृश्यावलोकन बनाउने लगानी पर्यटन प्रवर्द्धनका अन्य क्षेत्रमा  लगाउन पालिकालाई आग्रहसमेत गर्नुभयो ।   निजी क्षेत्रसँग समन्वय गरी प्रदेश र पालिकामा रहेको बजेटमार्फत पर्यटन क्षेत्रमा व्यवस्थित पूर्...

धरहराको झल्को दिँदै कोहलपुरको भ्यु टावर !

बाँके – काठमाण्डाैकाे धरहराको झल्को दिने गरी कोहलपुर नगरपालिका ११ गोलपार्कमा सुविधा सम्पन्न भ्यु टावर निर्माण भइरहेको छ । कोहलपुरको मौलिक पहिचान झल्कने गरी घण्टाघरसहितको १० तले सुविधा सम्पन्न यस भ्यु टावरको निर्माण अन्तिम चरणमा पुगेको छ । लिफ्टसहितको सुविधा सम्पन्न यस भ्यु टावर कोहलपुर नगरपालिकाले गौरवको योजनाभित्र पारेर निर्माण गरेको मेयर लुटबहादुर रावतले जानकारी दिनुभयो । उहाँका अनुसार भ्यु टावरको भौतिक प्रगति ७० प्रतिशतभन्दा बढी भइसकेको छ । अब लिफ्ट जडानसहित रङ्गरोगन र सजावटको काम बाँकी छ । मेयर राव...