काठमाण्डाै भ्यु टावर - ७० प्रतिशत काम सकियाे

काठमाण्डौ – समय सीमा सकिएको एक वर्ष बितिसक्दासम्म काठमाण्डौ भ्यु टावर निर्माणको काम अहिलेसम्म ७० प्रतिशतमात्र सकिएको छ । स्तम्भ निर्माणका लागि जलेश्वर, स्वच्छन्द र बिकोईले विसं २०७३ साउनदेखि निर्माणको काम सुरु गरेको हो । स्तम्भ निर्माणका लागि काठमाण्डौ र जलेश्वर, स्वच्छन्द र बिकोई कम्पनीबीच २०७१ साल फागुन २२ गते सम्झौता भएको थियो ।  सम्झौताअनुसार पाँच वर्षभित्र ती कम्पनीले आफ्नो लगानीमा भवन बनाएर ३० वर्षसम्म भोगचलन गर्न सक्ने उल्लेख छ ।  निर्माणको कामअन्तर्गत अहिले नवौँ तलाको काम भइरहेको छ । सम्झौताअनुसार पाँच वर्...