स्थानीय तह निर्वाचन मिति नजिकिएसँगै विगत वर्षहरूमा भए गरेका विकासे कामहरूको चर्चा र उद्घाटन गर्न राजनीतिक दलका शीर्ष नेताहरू प्रतिस्पर्धामा उत्रिन थालेका छन् । अझ रोचक त के छ भने भ्यु टावरको उद्घाटनसँगै नेताहरूबीच विकासको गति र मोडलको स्वामित्व लिन होडवाजी नै चलेको छ । प्रमुख राजनीतिक दलका नेताहरू यिनै भ्यु टावर देखाएर आगामी निर्वाचनमा जनतासँग मत माग्दै पुन आफ्नो पार्टीलाई जिताउन मतदातासँग अनुनयविनय गरिरहेका छन् । प्रमुख राजनीतिक दलका नेताहरूमा देखिएको भ्यु टावर मोहलाई सामाजिक सञ्जालमा व्या