काठमाडौं : नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओली मंगलबार बिहान रुपन्देहीको तिलोत्तमा नगरपालिका-२ को वन बाटिकामा निर्मित भ्यु टावर उद्घाटन गर्न पुगे। १५ चैत २०७४ मा शिलान्यास भएको सो टावर कुल ११ करोड ५४ लाख ८१ हजार रूपैयाँ लगानीमा निर्माण गरिएको हो। सो टावर तिलोत्तमा नगरपालिका र शंकरनगर वन विहारको संयुक्त लगानीमा निर्माण गरिएको हो। भ्युटावर बनाउन ७० प्रतिशत रकम तिलोत्तमा नगरपालिकाले र ३० प्रतिशत रकम शंकरनगर वन विहार तथा अनुसन्धान केन्द्रले लगानी गर