समथर मैदानका साथै डाँडाकाँडा, जंगल एवं चुरे पहाडले प्राकृतिक रुपमा सम्पन्न निजगढ नगरपालिकाले मधेसका फाँटहरू हेर्न ६० लाख लगानीमा ४ तले भ्यु टावर बनाएको छ । पर्यटन प्रवर्द्धन गर्न भन्दै नगरपालिकाको वडा नं ४ स्थित हीरालाल पार्कभित्र भ्यु टावर निर्माण गरेको हो ।नगरपालिकाका इञ्जिनियर नवीन खनालले मधेसका फाँटहरू हेर्न नगर विकास कोषको ६० लाख बजेटबाट भ्यु टावर निर्माण गरिएको बताए । उनले भने, ‘भ्यु टावरमा टेलिस्कोप जडान गरेर ३० देखि ३५ किलोमिटर टाढा तराईका भूभाग हेर्न मिल्ने गरी बनाउने हाम्रो