प्रदेश नं १ को पर्यटकीय स्थल धनकुटाको हिलेका विभिन्न ५ वटा होटलमा खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यलय धनकुटाका गुणस्तर स्तरिकरण स्टिकर टाँसिएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यलय धनकुटाको नेतृत्व तथा क्षेत्रीय होटल एशोसिएशन धनकुटाको समन्वयमा हिलेका निगाले होटल एण्ड लज, गजुर होटल, लेकाली होटल, होटल हिले भ्यू र होराईजन रिसोर्टमा गुणस्तर स्तरिकरण स्टिकर टाँस गरिएको हो ।