भरतपुर महानगरपालिकामा असल करदातालाई स्टिकर

भरतपुर महानगरपालिकाले समयमा नै कर तिर्ने करदाताहरुकोमा स्टिकर टाँस्न सुरु गरेको छ । महानगरले बहाल कर, सम्पत्ति कर र व्यवसाय करका तीन फरक–फरक रङका स्टिकर टाँस्न सुरु गरेको हो। महानगर क्षेत्रभित्रका...

सम्बन्धित सामग्री

असल करदातालाई स्टिकर वितरण गर्दै भरतपुर महानगर

चितवन। भरतपुर महानगरपालिकाले समयमै कर बुझाउने करदातालाई ‘असल करदाता’ स्टिकर वितरण गरेको छ । महानगरपालिकाको आर्थिक ऐन, २०८० बमोजिम २९ ओटै वडाका असल करदातालाई तीनओटा रङ भएको स्टिकर वितरण गरेको हो । व्यवसाय कर तिर्ने करदातालाई हरियो, सम्पत्ति तथा भूमिकर तिर्नेलाई रातो र घर जग्गा तथा बहाल कर तिर्ने करदातालाई निलो स्टिकर वितरण गरेको हो । महानगरपालिकाले कानूनी दायित्वको पालना नगरी व्यवसाय सञ्चालन नगर्न, नवीकरण गर्न, घरबहाल कर दाखिला गर्न र सम्पत्ति कर बुझाउन सार्वजनिक आह्वान गरेको छ । असोज २३ गतेसम्म कर बुझाउने करदातालाई विशेष छूट सुविधा उपलब्ध गराइने महानगरका लेखा प्रमुख जगन्नाथ अर्यालले जानकारी दिए । समयमै कर दाखिला नगर्ने व्यक्ति वा संस्थालाई महानगरपालिकाबाट उपलब्ध सेवासुविधा कटौती गर्ने महानगरपालिकाले बताएको छ । भरतपुर महानगरपालिकाले राजस्व संकलनलाई आक्रामक रूपमा अघि बढाइएको बताएको छ । महानगरपालिकाले कर संकलनका लागि ‘टास्कफोर्स’ बनाउने तयारी गरेको अर्यालले बताए । ‘यसले कर संकलनमा सहयोग गर्नेछ । सोही समितिमार्फत अनुगमन समेत गरिनेछ,’ अर्यालले भने । महानगर प्रमुख रेनु दाहालले चालू आर्थिक वर्षमा राजस्व संकलनलाई अभियानकै रूपमा अघि बढाइएको जानकारी दिइन् ।