तीनपांग्रे सवारीलाई नियमन गर्न स्टिकर

हेटौंडा उपमहानगर क्षेत्रभित्र चल्ने तीन पांग्रे व्यवसायिक सवारीसाधनलाई नियमनमा ल्याउन स्टिकर अनिवार्य गरिएको छ। हेटौंडा उपमहानगरपालिका कार्यालयले उपमहानगरमा अधिकांश तीन पांग्रे सवारीसाधन अव्यवस्थित र नियमपूर्वक संचालनमा नरहेको भन्दै नियमनमा ल्याउन...

सम्बन्धित सामग्री

ट्याक्सीमा विज्ञापन : नियमन न राजस्व

ट्याक्सीमा स्टिकर राखेबापत कर तिर्नुपर्छ भन्ने जानकारी नै नभएको ट्याक्सी चालकहरू बताउँछन् । ललितपुर महानगरपालिकाले कारबाही सुरु गरेपछि मात्र यो कुरा थाहा भएको ट्याक्सी चालक कान्छा तामाङले बताए ।

सुर्खेतमा बजार अनुगमन निष्प्रभावी

सुर्खेत । चाडपर्वका बेला सुर्खेत आसपास क्षेत्रका व्यापारीले तरकारी, दैनिक उपभोग्य वस्तु, लत्ताकपडा र रंगरोगनका सामग्रीमा आफूखुसी भाउ बढाएका छन् । तीनै तहका सरकारले चाडपर्व लक्षित बजार अनुगमन तीव्र पारे पनि व्यापारीले अखाद्य वस्तु र म्याद नाघेका उपभोग्य सामग्री बिक्रीसँगै मनलाग्दी  मूल्यवृद्धि गरेको पाइएको हो । चाडपर्व नजिकिएसँगै उपभोक्ताको ढाड सेक्ने गरी मूल्यवृद्धि नियन्त्रणबाहिर गएको हो । कर्णाली प्रदेश मुकाम सुर्खेतसहित आसपासका क्षेत्रका सबैजसो व्यापारिक केन्द्रमा व्यापारीको मनोमानी बढेको छ । यसअघि २ सय ६० रुपैयाँ प्रतिलिटर पर्ने खानेतेलको मूल्य १० रुपैयाँ बढाइएको छ भने चामल प्रतिबोरा ३० देखि ५० रुपैयाँ बढाएर बिक्री गर्न थालिएको छ । बजारमा १ सय २० पर्ने दालमा १० रुपैयाँ बढाइएको स्थानीय हरिमाया ढकालले बताइन् । उनका अनुसार ४० देखि ५० मा बिक्री हुने तरकारीको मूल्य प्रतिकिलो ८० देखि १०० रुपैयाँ पुर्‍याइएको छ । मूल्यवृद्धिको असर आर्थिक रूपमा विपन्न र मजदुर वर्गमा बढी परेको स्थानीय अगुवा पिताम्बर ढकालले बताए । ‘कसैलाई चाडपर्वमा पनि बिहान–बेलुकाको छाक टार्न समस्या छ,’ उनले भने, ‘उनीहरूलाई चाडपर्वमा झन् सहुलियत दिनुपर्नेमा व्यापारीले मूल्य बढाइरहेका छन् ।’ कोरोना महामारीले अधिकांश विपन्नको रोजगारी गुमेपछि जीविकोपार्जनमा समस्या भएको उनले बताए । वैशाखयता तेल र खाद्यान्नको मूल्य प्रत्येक महिनाजसो बढिरहेको स्थानीय समाजसेवी लक्ष्मी बयकको भनाइ छ । सुर्खेतमा ५ महिनाअघि २ सय पर्ने मूल्य अहिले प्रतिप्याकेट २ सय ७० रुपैयाँ पुगेको छ । पहिले १ हजार ५ सयमा पाइने चामलको मूल्य अहिले १ हजार ६ सय रुपैयाँ पुगेको छ । ‘व्यापारीले आफूखुसी मूल्य बढाइरहेका छन्,’ उनले भनिन्, ‘तर नियमन गर्ने निकायले बजार अनुगमन गरे पनि मूल्य नियन्त्रण गर्न सकेनन् ।’ गाउँघरमा अभावको हल्ला फैलाएर व्यापारीले जथाभावी भाउ बढाउँदै लगेको गृहिणी सिर्जना रोकाय बताउँछिन् । ‘काम गर्दा दिनमा ५ सय रुपैयाँभन्दा बढी ज्याला पाइँदैन,’ उनले भनिन्, ‘महँगीका कारण त्यो ज्यालाले साँझ–बिहानको चुलो बाल्न पनि कठिन भयो ।’ यापारीलाई मूल्यवृद्धि गर्न छुट दिने सरकारले मजदुरको ज्याला बढाउन पहल नगरेको उनको गुनासो छ । तर, उत्पादक कम्पनीले नै मूल्य बढाउँदा बजारमा महँगी बढेको व्यापारीको दाबी छ  । सदरमुकाम वीरेन्द्रनगरका व्यापारी ईश्वर श्रेष्ठ कम्पनीहरूले बढी परिणामको स्टिकर टाँसेर कम परिणामको सामान पठाउने गरेको गुनासो गरे । ‘कम्पनीहरूले एक लिटरको तेल भनी ९ सयदेखि ९ सय एमएलसम्मको तेल मात्र भरेर पठाउँछन्,’ उनले भने, ‘बरु सरकारले तेल प्याकिङ गर्ने कम्पनीमा छापा मारी उद्योगीलाई कारबाही गर्न जरुरी छ ।’ सुर्खेत उद्योग वाणिज्य संघका अध्यक्ष धनबहादुर रावतले जथाभावी मूल्यवृद्धि नगर्न, अखाद्य वस्तु बिक्री नगर्न र व्यापारिक मर्यादा कायम राख्न व्यवसायीलाई आग्रह गरिएको जानकारी दिए । चाडपर्वको समय उपभोक्तालाई ठगीमा पर्न नदिन बजार अनुगमनलाई तीव्रता दिइरहेको  जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी श्रीशमशेर रानाले दाबी गरे । उनका अनुसार अनुगमनका क्रममा दैनिकजसो ठूलो परिमाणमा म्याद गुज्रेका र अखाद्य वस्तु बरामद गरी नष्ट गर्ने गरिएको छ । ‘व्यापारीले मूल्यसूची नराखेरै व्यापार गरेको भेटियो । बजारमा उपभोक्तालाई बिल नदिने प्रवृत्ति पनि धेरै रहेछ,’ उनले भने, ‘पहिलोपल्ट कैफियत भेटिएकाले चेतावनी दिएर छाडेका छौँ ।  फेरि भेटिए कारबाही हुन्छ ।’

सवारीसाधन प्रदूषण जाँच प्रभावहीन

सार्वजनिक सवारीसाधनका लागि छ महिनाको अन्तरमा र निजी सवारीले एक वर्षमा नियमित जाँच गरी हरियो स्टिकर टाँस्नुपर्ने कानुनी व्यवस्था भए पनि प्रभावकारी रुपमा लागु नभएको पाइएको छ । वि.सं. २०५५ सालदेखि नियमित प्रदूषण जाँच गरी सरकारले वातावरणमैत्री भन्दै हरियो स्टिकर वितरण गर्दै आए पनि यसको प्रभावकारिता कम हुँदा वायुप्रदूषणमा कमी आउन सकेको छैन । यातायात व्यवस्था विभागले सवारी प्रदूषण जाँचलाई तीव्र बनाउने भन्दै दुई वर्ष अघि १४ वटा भेइकल एड्जस्ट एनाइजर हाते मेसिन खरिद गरेको थियो तर यी मेसिन प्रयोगविहीन बनेको छ । कालो धुवाँ फाल्ने प्रदूषित सवारीसाधन सडकमा गुडेको पाएपछि यसको प्रदूषण जाँच गरी नियन्त्रण गर्ने लक्ष्य विभागको थियो । तर विभागले वातावरणमैत्री प्रमाणित गरेको सवारी मध्ये ७० प्रतिशत भन्दा बढी सवारीसाधनले कालो धुँवा फाल्दै सडकमा गुड्ने गरेको वातावरण संरक्षणकर्मी डा. राजु अधिकारीको आरोप छ । प्रदूषित सवारी सडकमा गुडे पनि यसको नियमन हुन नसक्दा प्रदूषण जाँच प्रभावकारी नभएको अधिकारीले बताउनुभयो ।

होटेल र रेस्टुराँलाई स्टार रेटिङ स्टिकर

नेपालका होटेल तथा रेस्टुराँले गुणस्तरीय खाद्य स्वच्छताका आधारमा स्टार (तारा) रेटिङ स्टिकर पाउने भएका छन्। नेपाली र अंग्रेजी दुवै भाषामा प्रदान गरिने यस्तो स्टिकरबाट उपभोक्ताले होटेल र खानाको अवस्थाबारे जानकारी लिन सक्नेछन्। यो खबर राजेश बर्माले आजको अन्नपूर्णमा लेखेका छन्। गुणस्तरीय खाद्य स्वच्छताका विषयमा नियमन गर्ने खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले यही साउनको अन्तिम…