कर्णालीका घरघरमा प्रहरीको स्टिकर

सुर्खेत – कर्णाली प्रदेशका घरघरमा स्टिकर टाँस्ने अभियान शुरु भएको छ । सुरक्षित कर्णाली अभियानअन्तर्गत कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतले आज आइतवारदेखि प्रदेशका सबै जिल्लाका घरका मूलढोकामा प्रहरीको मोबाइल नम्बर रहेको स्टिकर टाँसेको हो ।   उपप्रधान एवम् रक्षामन्त्री पूर्णबहादुर खड्काले याे अभियानको शुरुवात गर्नुभएको छ । अभियानको शुरुवात गर्दै उपप्रधानमन्त्री खड्काले याे कार्यक्रमले प्रहरीलाई नागरिकसँग नजिक हुन थप मद्दत पुग्ने बताउनुभयो । आपत् विपद् पर्दा आवश्यक पर्ने प्रहरीको सम्पर्क नम्बर घरको मूल ढोकामा राखिएपछि प्रहरी...

सम्बन्धित सामग्री