कञ्चनपुर : सुकेका रूख ढलेर हुने मानवीय र भौतिक क्षति न्यूनीकरण गर्न शुक्लाफाँटा नगरपालिका–८ ले विवरण संकलन शुरु गरेको छ।हावाहुरी र वर्षाका कारण ढल्ने सुकेका रूखले मानवीय र भौतिक क्षति वर्षेनि गर्दै आएकाले त्यसलाई न्यूनीकरण गर्न वडा कार्यालयले कार्य अगाडि बढाएको हो। रूखकै कारण क्षति हुने विद्यालय, सडक, सार्वजनिक भवन, निजी घर, विद्युत् लाइन लगायतका क्षेत्र यकिन गरी रूख व्यवस्थापनका लागि कार्य अगाडि बढाउने तयारी गरिएको वडाध्यक्ष बहादुरसिंह महराले बताए।‘सुकेका रूखका कारण हुन सक्ने ज