मानवीय क्षति न्यूनीकरण गर्नका लागि हात्ती नियन्त्रण गर्न शुक्लाफाँटा नगरपालिकाका बासिन्दाले माग गरेका छन् । जङ्गली हात्तीले वर्षैपिच्छे मानवीय क्षति निम्त्याउन थालेपछि स्थानीय बासिन्दाले नियन्त्रणको माग गरेका हुन् ।तीन वर्षदेखि हात्तीले नगरपालिका क्षेत्रमा मानवीय क्षति पु¥याउँदै आएको छ । “स्थानीय बासिन्दाको घरमै पुगेर हात्तीले मान्छे मार्न थालेको छ”, नगरपालिकाको वडा नं ७ का वडा सदस्य केशवसिंह ठगुन्नाले भने, “हिजो साँझमात्रै गाउँकै १८ वर्षीया बालिका मीना जोशीको हात्तीक