बाढी प्रभावित क्षेत्रका केही स्थानीयले घर छाड्न मानेनन्ः प्राधिकरणको चेतावनी, ‘मानवीय क्षति हुन सक्छ’

काठमाडौंः राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले उदयपुरमा सप्तकोशी बाढी प्रभावित क्षेत्रका स्थानीयलाई सुरक्षित स्थानमा जान पुनः अपिल गरेको छ। केही स्थानीयले घर छानड्न नमान्दा मानवीय क्षति हुने सम्भावना बढेको भन्दै प्राधिकरणले यस्तो अपिल गरेको हो। हालसम्म मानवीय क्षति नभएको प्राधिकरणले जनाएको छ।  प्राधिकरणका प्रवक्ता डा. डिजन भट्टराईद्वारा जारी…

सम्बन्धित सामग्री

बाढी प्रभावित क्षेत्रका केही स्थानीयले घर छाड्न मानेनन्

काठमाडौं । सप्तकोसी नदीको एउटा भँगालो बस्तीमा पस्दा उदयपुरको वेलका नगरपालिकाका करिब १५ सय घरपरिवार प्रभावित भएका छन् । बुधबार वेलकाको डुम्रीबोटबाट तटबन्ध फुटाउँदै भँगालो बस्तीमा पस्दा नगरपालिकाका १, २, ३, ८ र ९ नम्बर वडाका स्थानीय प्रभावित भएका हुन् । हालसम्म मानवीय क्षति भएको छैन । धान, मकैलगायत खेतीबालीमा क्षति...

उच्च जोखिमका घरमा नबस्न मेलम्ची नगरपालिकाको अपिल

साउन २०, काभ्रेपलाञ्चोक । गत असार १ गतेदेखि आएको बाढीले नदीतटीय घर बस्तीमा क्षति पुर्‍याएको बेला समेत स्थानीय सरकारले बेवास्ता गरेको भन्दै आलोचना भइरहेको बेला मेलम्ची नगरपालिकाले आफ्नो ध्यानाकर्षण भएको जानकारी दिएको छ ।  गत असार १ गते देखिनै नगरपालिकाको सबै संयन्त्र प्रयोग गरी नदी नियन्त्रणदेखि बस्ती जोगाउनसम्म अथक प्रयास गरेको नगरपालिकाद्वारा मंगलवार जारी अपिलमा भनिएको छ ।  बेलैमा सूचना आएकाले मानवीय क्षति हुन नपाएको भन्दै नगरपालिकाले खुशी व्यक्त गरेको छ । तत्कालका लागि सामूहिकरूपमा बासस्थानको व्यवस्था गरेको नगरपालिकाले १५ दिनसम्म इन्द्रेश्वरी माध्यमिक विद्यालयमा प्रभावितहरुलाई बासको व्यवस्था गरेको बताएको छ ।  ग्यास, चुलो, ओछ्याउने, भाँडाकुँडा र रासनसमेतको व्यवस्था गरी इच्छाएको सुरक्षित ठाउँमा स्थानान्तरण गर्न नगरपालिकाले भूमिका निर्वाह गरेको नगर प्रमुख डम्बर अर्यालले जानकारी दिए । साथै कुपनको व्यवस्था गरी एक महीनाका लागि खाद्यान्न वितरण गर्ने काम भएको उनले बताए ।  पहिरोको माथिल्लो भेगको अवस्थाको मुल्यांकन गर्दै सम्बन्धित विषय विज्ञहरुको निरन्तर सल्लाह र सुझावबमोजिम तल्लो तटीय क्षेत्रमा नदीको कटान रोकी क्षति न्यूनीकरण गर्ने काममा नगरपालिका निरन्तर लागिरहेको अपिलमा उल्लेख गरिएको छ । हालसम्म नगरपालिकामार्फत एक हजार २७८ थान ग्याविन बक्स, ४७८ टिप ढुंगा, सात ओटा मेसिन लगातार एक महीनासम्म खोलामा आवश्यकताका आधारमा प्रयोग एवम् परिचालन गरिएको नगरपालिकाले जानकारी दिएको छ । यस कार्यमा भएका खर्चहरु नगरपालिकाले अहिलेसम्म आफ्नो वेबसाइटमा सार्वजानिक गर्दै आएको अर्यालले बताए । बाढी प्रभावितहरुको सम्पूर्ण विवरण संकलन गरी नगर कार्यपालिकाको निर्णयानुसार प्रभावितहरुको वर्ग छुट्याएर रू. २५ हजार, रू.  २० हजार, रू.  १५ हजार र रू. १० हजारका दरले तत्कालका लागि प्रभावितहरुको बैंक खातामा जम्मा गर्ने कार्य शुरु भइसकेको जानकारी दिएको छ ।  अस्थायी आवास निर्माणका लागि नेपाल सरकारबाट प्राप्त हुने रू. ५० हजार सम्झौता गरी प्रभावितहरुलाई वितरण गर्ने तयारी भइरहेको भन्दै नगर प्रमुख अर्यालले पुनर्निर्माणका लागि प्राप्त हुने रू. पाँच लाख र बसोबासयोग्य जग्गा नहुनेका लागि थप रू.  तीन लाख समेत प्राप्त हुने सुनिश्चित भइसकेको बताए । प्रदेश सरकार, केन्द्र सरकार र सरोकारवाला निकायसँगको समन्वय र नगरपालिकाको आन्तरिक स्रोतको अधिकतम उपयोग गर्दै नगरपालिकाले आफ्नो तर्फबाट गर्नुपर्ने सम्पूर्ण काम गरिरहेको र गरिरहने प्रतिबद्धतासमेत नगर प्रमुख अर्यालद्वारा हस्ताक्षरित अपिलमा भनिएको छ ।  प्रभावितको राहत तथा उद्धारका लागि नगरपालिका व्यक्ति, संघसंस्था, समूहसँग जतिबेला पनि छलफलका लागि तयार रहेको उल्लेख गरिएको छ । नगरपालिकाभित्रका तालामाराङदेखि ढाडखोला किनारमा रहेका बस्तीहरूको संरक्षण गर्नेदेखि बाढी प्रभावितलाई आवास निर्माणका लागि आवश्यक पहल गरिरहेको नगर प्रमुख अर्यालले बताए । पहिरो गएको मुहान क्षेत्रबाट अझै पनि पहिरो आउने सम्भावना रहेको र बर्सातको समय भएकाले मेलम्चीको तल्लो बजारका घरहरु सफा गर्ने र त्यहीँ बस्ने गरी थालिएको तयारी जोखिमका हिसाबले उपयुक्त नभएको नगरपालिकाको भनाइ छ ।  बाढी प्रभावित नागरिकको गाँस, बास र स्वास्थ्य उपचारको अभाव हुन नदिने नगरपालिकाले बताएको छ । बर्सातको समयमा अति उच्च जोखिममा रहेका स्थानहरुमा घर सफा गर्ने, मर्मत गर्ने र पुनः सोही घरमा बस्ने गरी जोखिमयुक्त कार्य भइरहेकोतर्फ नगरपालिकाले आफ्नो ध्यानाकर्षण भएको जानकारी दिएको छ । साथै त्यस्तो काममा नलाग्न अपिलसमेत गरेको छ । रासस

तराईका ८० प्रतिशत भूभाग डुबानमा, आज पनि वर्षा नरोकिने

काठमाडौं : शुक्रबार रातिदेखि शनिबार दिनभर परेको भीषण वर्षापछिको डुबान र बाढीपहिरोले घर भत्किँदा ठूलो भौतिक र मानवीय क्षति भएको छ। शनिबार रातिसम्म ३३ जनाको मृत्यु भएको खबर गृह मन्त्रालयले पुष्टि गरेको छ। बाढी प्रभावित तराई र पहिरो प्रभावित पहाडका जिल्ला–जिल्लाबाट सूचनाहरू संकलन भइरहेकाले मृतकको संख्या बढ्न सक्ने गृहप्...