मानवीय क्षति कम गर्न हात्ती नियन्त्रण गर्नुपर्ने माग

कञ्चनपुर– मानवीय क्षति न्यूनीकरण गर्नका लागि हात्ती नियन्त्रण गर्न शुक्लाफाँटा नगरपालिकाका बासिन्दाले माग गरेका छन् । जङ्गली हात्तीले वर्षैपिच्छे मानवीय क्षति निम्त्याउन थालेपछि स्थानीय बासिन्दाले नियन्त्रणको माग गरेका हुन् । तीन वर्षदेखि हात्तीले नगरपालिका क्षेत्रमा मानवीय क्षति पुर्‍याउँदै  आएको छ । ‘स्थानीय बासिन्दाको घरमै पुगेर हात्तीले मान्छे मार्न थालेको छ’, नगरपालिकाको वडा नं ७ का […]

सम्बन्धित सामग्री

मानवीय क्षति कम गर्न हात्ती नियन्त्रणको उपाय खोजिँदै

मानवीय क्षति न्यूनीकरण गर्नका लागि हात्ती नियन्त्रण गर्न शुक्लाफाँटा नगरपालिकाका बासिन्दाले माग गरेका छन् । जङ्गली हात्तीले वर्षैपिच्छे मानवीय क्षति निम्त्याउन थालेपछि स्थानीय बासिन्दाले नियन्त्रणको माग गरेका हुन् ।तीन वर्षदेखि हात्तीले नगरपालिका क्षेत्रमा मानवीय क्षति पु¥याउँदै  आएको छ । “स्थानीय बासिन्दाको घरमै पुगेर हात्तीले मान्छे मार्न थालेको छ”, नगरपालिकाको वडा नं ७ का वडा सदस्य केशवसिंह ठगुन्नाले भने, “हिजो साँझमात्रै गाउँकै १८ वर्षीया बालिका मीना जोशीको हात्तीक

जङ्गली हात्तीबाट जोगाउन साइरन जडान

कञ्चनपुर । जङ्गली हात्तीको बथानबाट गाउँलाई जोगाउन शुक्लाफाँटा नगरपालिका–८ का तीन स्थानमा विद्युतीय साइरन जडान गरिएको छ । चुरे क्षेत्र नजिकैको बस्तीमा जङ्गली हात्ती छिरेर नोक्सान पुर्‍याउन थालेपछि साइरन जडान गरिएको हो । ‘बस्ती नजिकै हात्ती देख्ने बित्तिकै जडान गरिएको साइरनको स्विच थिचेर ठूलो आवाज निकालिन्छ,’ बैजनाथ सामुदायिक संस्थाका अध्यक्ष बहादुर सिंह महराले भने, ‘आवाज सुनेपछि स्थानीय बासिन्दा सतर्क रहेर बालीनालीसँगै जीउज्यान जोगाउन सजक हुन्छन् ।’ साइरन बजाउनका लागि एक कर्मचारीको समेत व्यवस्था गरिएको छ । महराका अनुसार साइरनको आवाज तीन किलोमिटरसम्म सुन्न सकिन्छ । साइरन बजेपछि हात्ती धपाउन सजिलो हुने उनले बताए । हात्तीले खेतबारीमा लगाइएको अन्नबालीमा नोक्सान गर्न नपाउने र हात्ती बस्ती छिर्नु अगावै सतर्क हुने हुँदा मानवीय क्षति पनि नहुने उनको भनाइ छ । ‘साइरनको आवाजले हात्तीसमेत तर्सेर भाग्छ,’ अध्यक्ष महराले भने, ‘हात्तीको बथानले घरलगायतको भौतिक पूर्वाधारमा समेत क्षति पुर्‍याउन पाउँदैन ।’ सामुदायिक वन समन्वय समिति (सिएफसिसी) वाणी र तराई भूपरिधि कार्यक्रम (ताल)को सहयोगमा जङ्गली हात्ती नियन्त्रण पूर्वसूचना प्रणालीअन्तर्गत साइरन जडान गरिएको हो । साइरन नगरपालिकाको बेलडाँडी, मणिकाधाम टोल, पारिफाँटालगायत तीन ठाउँमा जडान गरिएको छ । रासस