‘पूर्व तयारीका कारण गएरातीको बाढीले मानवीय क्षति हुन पाएन’

सिन्धुपाल्चोक। बाढीको पूर्व तयारी भएकाले गएरातिको बाढीले मेलम्चीमा मानवीय क्षति नपुगेको जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकले जनाएको छ। गएरातीको बाढीले पक्की र कच्ची गरी१३वटा घर र एक पुल बगाएको प्रमुख जिल्ला अधिकारी अरुण पोखरेलले जनाए। हालसम्म त्यहाँको आर्थिक क्षतिको विवरण नआएको र नदी तटीय क्षेत्रमा अझै पनि खतरा रहेको उनले बताए। उनकाअनुसार जिल्लामा मानवीय क्षति नियन्त्रणका लागि पूर्व तयारी भइसकेको छ।

सम्बन्धित सामग्री

बाढी र पहिरोको कहर, कतै डुवान त कतै मानवीय क्षति

काठमाडौंः सुदूरपश्चिमको अछाममा बाढी पहिरोमा परेर १७ जनाको मृत्यु भइसकेको छ। त्यस्तै देशका अन्य जिल्लाहरुमा पनि बाढी पहिरोका कारण जनजीवन प्रभावित भएको छ। दाङको तुलसीपुर उपमहानगरपालिका-१३स्थित अम्वेश्वरी माविमा डुवान भएको छ। स्थानीय तुई खोलामा आएको बाढीले विद्यालय भवन डुवानमा परेका हो। त्यस्तै विगत तीन दिनदेखि परेको अबिरल वर्षाका कारण शनिबार बुटवल उपमहानगरपालिका-११…

बाढीले नुवाकोटको धानखेत बगायो, पुल भत्कायो

गएरातिदेखि परेको अविरल वर्षाले नुवाकोटका विभिन्न स्थानमा ठूलो क्षति पुर्‍याएको छ । बाढीले पुल र सडकमा क्षति पुर्‍याउनुका साथै खेतियोग्य जमिन समेत बगाएको छ ।  मानवीय क्षति  नभएपनि घरपालुवा जनावर...

फेरी उर्लियो मेलम्ची

काठमाडौं।रातिदेखि मेलम्ची खोलामा आएको बाढीले सिन्धुपाल्चोकको मेलम्ची क्षेत्रमा क्षति पुर्‍याएको छ।जसका कारण सहज रुपमा यातायात सञ्चालन हुने अवस्था छैन।मानवीय क्षति नभएपनि भौतिक संरचनामा क्षति पुगेको छ।

दाङमा खोलाले बगायो गाडी

दाङमा अविरल वर्षासँगै खहरे खोलामा आएको बाढीले एउटा गाडी बगाएको छ। उक्त घटनामा मानवीय क्षति भने भएको छैन।...

बागलुङमा बाढीले दुई घर पुरिए

बागलुङको ढोरपाटन नगरपालिका–२ तारीखेतमा गए राति आएको भलसहितको बाढीले दुई घर पुरिएका छन् । बस्ती नजिकैको ठाडोखोलामा आएको बाढीले स्थानीय तमबहादुर महत र खिमबहादुर रसाइलीको घर पुरेको इलाका प्रहरी कार्यालय बुर्तिबाङका प्रमुख जयराम वन्तले जानकारी दिए ।बाढीले घर पुरिए पनि मानवीय क्षति नभएको वन्तको भनाइ छ । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी इकवाल हवारीका अनुसार प्रहरी घटनास्थलतर्फ गइरहेको र प्रहरी पुगेपछि मात्रै क्षतिको विवरण आउने बताए ।

बाँकेका सात घर बाढीले भत्कायो

ढल निकास नहुँदा पानी जम्मा भइ माटो र इटाले बनेका कच्ची घर बाढीले भत्काएको हो। घर भत्किए पनि मानवीय क्षति भनेको भएको छैन।...

मेलम्चीमा बाढीको सूचना दिने साइरन जडान

साइरन जडानसँगै आगामी दिनमा बाढीबाट हुने मानवीय क्षति कम हुने अपेक्षा गरिएको छ। यही असार १ गते र त्यसयताको वर्षा तथा बाढीले मेलम्ची र हेलम्बु क्षेत्रमा ठुलो क्षति भएको छ।...

बाढीले लमजुङमा १४ घर बगायो

काठमाडौं : लमजुङको दोर्दी गाउँपालिकास्थित दोर्दी खोलामा आएको बाढीले हिले बजारका १४ वटा घर बगाएको छ।स्थानीयवासीलाई सुरक्षित स्थानमा सारिएकाले मानवीय क्षति नभएको वडाअध्यक्ष ओम बहादुर गुरुङले जानकारी दिए।बाढीले बजारका ४ वटा बिजुलीको खम्बा ढालेको छ भने दोर्दी खोलामाथि बनेको झोलुङगे पुलमा पनि क्षति पुर्‍याएकाले आवतजावत प्रभावित भएको छ।यस्तै, निर्माणाधीन दोर्दी सुपर जलविद्युत् आयोजनामा बाढीले क्षति पुर्‍याएकाे छ।बन्सार हिलेबेँसीमा निर्माण कार्य सम्पन्न हुन लागेको ५४ मेघावाट क्षमताको उक्त जलविद

मेलम्ची नदीको बाढीले हेलम्बुक्षेत्रमा मानवीय क्षति पुर्‍याएको आशंका

सिन्धुपाल्चोकको मेलम्ची (इन्द्रावती) नदीमा बाढी आएको बाढीले केही मानवीय क्षति गरेको आशंका गरिएको छ

मुस्ताङमा बाढीले बस्ती जोखिममा

मुस्ताङ। निरन्तर परेको वर्षाका कारण मुस्ताङको बारागुङ मुक्तिक्षेत्र गाउँपालिकाको लुप्रा खोलामा आएको लेदोसहितको बाढीले बस्ती जोखिममा परेको छ। सहायक प्रमुख जिल्ला अधिकारी जगदिश अर्यालले यो बस्तीलाई पूर्ण जोखिममुक्त गराउन नसकेको बताए। उनले क्षति हुनेलाई सहयोगका लागि जिल्ला प्रशासनले छलफल गरेको उनले बताए। अहिलेसम्म जिल्लामा बाढीका कारण मानवीय क्षति भने हुन पाएकाे छैन।