नेपाल सरकारले कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमण रोकथाम र नियन्त्रणका लागि लगाएको बन्दाबन्दी अन्त्य भएको घोषणा गरेको छ तर कोरोनाको खतरा कायम रहेकाले सचेत रहन सबैमा आह्वान पनि गरेको छ । कोरोनाविरुद्धको लडाइँमा विश्व स्वास्थ्य सङ्गठन (डब्लूएचओ)ले नेपाल सरकारलाई विभिन्न माध्यमबाट सहयोग गर्दै आएको छ । कोरोनाविरुद्ध नेपाल सरकारले गरेको कार्य प्रभावकारी रहेको निष्कर्ष डब्लूएचओका नेपाल प्रतिनिधि डा.जोस भ्यान्डेलरको छ । कोरोना महामारी र नेपालले यसविरुद्ध चालेका कदमलगायतका विषयमा गोरखापत्रका लागि गोपाल खनाल र श्रीओम श्रेष्ठले उहाँसँग लिनुभएको अन्तर्वार्ता :