प्रभुराम शर्मालाई कामु प्रधानसेनापतिको जिम्मेवारी

काठमाडौं। सरकारले कार्यवाहक प्रधानसेनापतिको जिम्मेवारी प्रभुराम शर्मालाई दिएको छ। मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले हाल सेनामा बलाध्यक्ष र बलाधिकृत रथीको जिम्मेवारी सम्हालिरहेका शर्मालाई कामु प्रधानसेनापतिको जिम्मेवारी दिने निर्णय गरेको हो। प्रधानसेनापति पूर्णचन्द्र थापाले २५ भदौबाट अनिवार्य अवकाश लिने भएकाले परम्पराअनुसार अवकाश पाउनुभन्दा एक महिना अगाडि २४ साउनबाट उनी बिदामा बस्ने छन्। थापा बिदामा बसेको दिनदेखि शर्माले कामु प्रधानसेनापतिको जिम्मेवारी सम्हाल्ने छन्।

सम्बन्धित सामग्री

बालकृष्ण कार्कीलाई कामु प्रधानसेनापतिको जिम्मेवारी दिन सरकारको सिफारिस

काठमाडौं । सरकारले बलाधिकृत रथी बालकृष्ण कार्कीलाई नेपाली सेनाको कायममुकायम प्रधानसेनापतिको जिम्मेवारी दिने भएको छ । प्रधानसेनापति प्रभुराम शर्मा घर बिदामा बस्ने भएपछि कार्कीलाई आइतबारदेखि उक्त जिम्मेवारी दिन लागिएको हो । प्रधानसेनापति शर्मा पुस १८ देखि ३० गते सम्म घर बिदामा बस्ने भएका छन् । विहीबार बसेको मन्त्रिपरिषद् बैठकले कार्कीलाई कामु प्रधानसेनापतिको कार्यभार सम्हाल्ने गरी […]

आजबाट देशको कामु प्रधानसेनापति प्रभुराम शर्मा

काठमाडौं।नेपाली सेनाका बलाधिकृत रथी प्रभुराम शर्माले आजबाट नेपाली सेनाको कयममुकायम प्रधानसेनापतिको जिम्मेवारी सम्हालेका छन्।प्रधानसेनापति पूर्णचन्द्र थापा आजबाट एक महिना लामो घर बिदामा बसेपछि कामु प्रधानसेनापतिको जिम्मेवारी शर्माको काँधमा गएको हो।आगामी भदौ २४ गते थापाको कार्यकाल सकिएपछि शर्मा नेपाली सेनाको प्रधानसेनापति हुनेछन्। यही साउन १२ गते बसेको मन्त्रिपरिषद्को बैठकले शर्मालाई आजबाट लागू हुनेगरी कामु प्रधानसेनापतिको जिम्मेवारी दिने निर्णय गरेको थियो।