सरकारले अर्थ मन्त्रालयको सचिवको जिम्मेवारी कृष्णहरि पुष्करलाई दिएको छ । बिहीबार बसेको मन्त्रीपरिषद् बैठकले पुष्करलाई अर्थसचिवको जिम्मेवारी दिएको हो ।तत्कालीन अर्थसचिव मधुकुमार मरासिनीलाई प्रधानमन्त्री कार्यालयमा सरुवा गरिएपछि उक्त पद रिक्त भएको थियो । मरासिनीले अर्थमन्त्री जनार्दन शर्मासँग काम गर्न अनिच्छा देखाएपछि उनलाई प्रधानमन्त्री कार्यालयमा सरुवा गरिएको थियो ।मन्त्रीपरिषद् बैठकले राजस्वसचिवको जिम्मेवारी भने रामेश्वर दंगाललाई दिएको […]