काठमाडौं, १९ पुष । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले मकवानपुर जिल्ला सभापति राजकुमार न्यौपानेलाई कारबाही गरेको छ। गत मंसिर ४ मा सम्पन्न निर्वाचनमा सभापति न्यौपानेको क्रियाकलापप्रति जिल्लाका पदाधिकारहरुले गुनासो र उजुरी गरेसँगै हाललाई पदीय हैसियतले कुनै काम नगर्न निर्देशन दिइएको हो । ‘निर्वाचनको समयमा तपाईले गर्नुभएका क्रियाकलाप, गतिविधि तथा आचरणको विषयमा जिल्लाका विभिन्न तहगत समितिका […]
नेपाली काँग्रेसबाट उम्मेदवारी दर्ता गरेका जिल्ला सभापति गजेन्द्रप्रसाद तुम्याहाङ र काँग्रेस महाधिवेशन प्रतिनिधि टीकाराम गुरुङको उम्मेदवारी फिर्ता भएको हो। दुवै जनाले प्रदेशसभाको निर्वाचन क्षेत्र नं १(क) बाट उम्मेदवारी दर्ता गरेका थिए।...
भक्तपुर । नेपाली कांग्रेसका भक्तपुर जिल्ला सभापति दुर्लभ थापाले एमालेका सांसद एवं युवा नेता महेश बस्नेलाई आगामी निर्वाचनमा पराजित गर्ने दाबी गरेका छन् । शुक्रबार रफत सञ्चार क्लबले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा सभापति थापाले भक्तपुरको क्षेत्र नम्बर २ कांग्रेसले जित्ने दाबी गरे । उनले २०७४ को निर्वाचनमा माओवादीको बैशाखी टेकेर जिते पनि यसपटक भने घमण्ड […]
काठमाडौं, १३ वैशाख । डडेलधुराका नेपाली काँग्रेसका पूर्व जिल्ला सभापति कर्ण मल्ल पार्टीबाट निष्काशित भएका छन् । काँग्रेस सभापति समेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाको गृहजिल्लाका मल्लले नेपाली काँग्रेस वीपीबाट आफू निकटस्थलाई उम्मेदवारी दर्ता गराएका थिए । काँग्रेस वीपीमा प्रवेश गरेर नेकपा एमालेसँग चुनावी तालमेल गरेपछि मल्ल पार्टीको साधारण सदस्यबाट समेत निष्काशित गरिएका छन् । मल्ल […]
काठमाडौं, मंसिर २३ । नेपाली कांग्रेसका अर्का नेता डा शेखर कोइरालाले विभिन्न जिल्ला सभापति र पूर्वसभापतिहरुसँग छलफल गरेका छन् । सभापतिका दाबेदारसमेत रहेका कोइरालाले काठमाडौंमा रहेका सभापति र पूर्वसभापतिहरुसँग छलफल गरेका हुन् । जिल्ला सभापतिहरुले शेखरलाई मिश्रित सुझाव दिएका छन् । छलफलको क्रममा कतिपयले पार्टी महाधिवेशनमा भावी नेतृत्वको निम्ति कोइराला परिवारको अग्रसरता हुनुपर्नेसमेत आवाज उठाएका […]
८ मंसिर, डोटी । नेपाली कांग्रेस डोटी जिल्ला सभापति चयनका लागि मंगलबार भएको निर्वाचनमा कुनै पनि उम्मेदवारले आवश्यक बहुमत ल्याउन नसकेपछि बुधबार दोस्रो चरणको निर्वाचन सुरु भएको छ । पहिलो चरणमा सभापति पदका लागि पाँच जना उम्मेदवार रहेकामा कसैले पनि बहुमत पुर्याउन सकेनन् । त्यसैले पहिलो चरणमा सबैभन्दा बढी मत ल्याएका दुई उम्मेदवार नरेन्द्रबहादुर सिंह […]
काठमाडौँ । डडेल्धुरा जिल्ला सभापति कर्णबहादुर मल्ल नेपाली कांग्रेसको पार्टी कार्यालय सानेपामा अनसनमा बसेका छन् । वडा र पालिका अधिवेशन पुनः गर्नुपर्ने माग गर्दै जिल्ला सभापति मल्ल पार्टी कार्यालय सानेपामा अनसनमा बसेका हुन् । सभापति शेरबहादुर देउवा पक्षले एकतर्फी रुपमा वडा र पालिका अधिवेशन गरेको भन्दै जिल्ला सभापति मल्ल पक्षले पुनः अधिवेशन माग गर्दै आएको […]
२६ साउन काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षीय जिल्ला सभापति भेला मंगलबार पनि जारी छ । सोमबारदेखि शुरु भएको जिल्ला सभापति भेलालाई मंगलबार वरिष्ठ नेता पौडेलसहितका नेताहरुले सम्बोधन गर्ने कार्यक्रम रहेको बताइएको छ । ठमेलस्थित एक होटलमा जारी जिल्ला सभापति भेलामा कांग्रेसको आसन्न महाधिवेशन र क्रियाशील सदस्यताबारे छलफल भइरहेको नुवाकोट कांग्रेस जिल्ला […]