डडेलधुराका काँग्रेस पूर्व जिल्ला सभापति कर्ण मल्ल पार्टीबाट निष्काशित

काठमाडौं, १३ वैशाख । डडेलधुराका नेपाली काँग्रेसका पूर्व जिल्ला सभापति कर्ण मल्ल पार्टीबाट निष्काशित भएका छन् । काँग्रेस सभापति समेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाको गृहजिल्लाका मल्लले नेपाली काँग्रेस वीपीबाट आफू निकटस्थलाई उम्मेदवारी दर्ता गराएका थिए । काँग्रेस वीपीमा प्रवेश गरेर नेकपा एमालेसँग चुनावी तालमेल गरेपछि मल्ल पार्टीको साधारण सदस्यबाट समेत निष्काशित गरिएका छन् । मल्ल […]

सम्बन्धित सामग्री

डडेलधुरा कांग्रेसका २ पूर्व जिल्ला सभापतिको समर्थन कर्ण मल्ललाई

१७ कात्तिक, डडेलधुरा । नेपाली कांग्रेस डडेलधुराका २ पूर्व जिल्ला सभापतिले आगामी चुनावमा कर्ण मल्ललाई समर्थन गर्ने घोषणा गरेका छन् । कांग्रेस डडेलधुराका पूर्व जिल्ला सभापति शेरबहादुर ढाँट र रामचन्द्र चटौतले पार्टीका सभापतिसमेत रहेका प्रधानमन्त्री देउवाको साथ छाडेर मल्ललाई समर्थन गरेका हुन् । ढाँट र चटौतले आगामी चुनावमा प्रतिनिधि सभाका उम्मेदवार कर्ण मल्ल र प्रदेश […]

देउवाले भने : कर्ण मल्ल ओलीको चाकरीमा लागे

२६ वैशाख, डडेलधुरा । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पूर्व जिल्ला सभापति कर्णबहादुर  मल्लले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको चाकरी गरेको आरोप लगाएका छन् । मल्लले नेपाली कांग्रेस बिपीका नामबाट करुवा चुनाव चिह्न लिएर एमालेसँग तालमेल गरेका छन् । सोमबार गृहजिल्ला डडेल्धुराको गन्यापधुरा पगाउँपालिका-२ मा आयोजित चुनावी सभामा देउवाले मल्लको आलोचना गरेका छन् । उनले आफूले गाउँको विकासमा […]

देउवाको गृह जिल्लाका नेताहरूद्वारा सानेपाको रिले अनसन स्थगित

नेपाली काँग्रेस डडेल्धुराका निवर्तमान जिल्ला सभापति कर्ण मल्ल समूहले रिले अनसन स्थगित भएको छ । डडेल्धुरामा पुन अधिवेशनको माग राखी मंसिर १ गतेबाट पार्टी केन्द्रीय कार्यालय सानेपामा सुरु गरेको रिले अनसन मल्ल समूहले मंगलबार स्थगित गरेको हो । सोमबार काँग्रेसको केन्द्रीय निर्वाचन समितिले डडेल्धुराको निर्वाचनलाई मान्यता दिएपछि आज काँग्रेस उपसभापति विमलेन्द्र निधिको उपस्थितिमा मल्ल पक्षले अनसन स्थगित गरेको छ । क्रियाशील सदस्यतामा धाँधली गरिएको भन्दै मल्ल समूहले डडेल्धुरामा काँग्रेसका सबै अधिवेशन ब

कांग्रेस डडेल्धुराका सभापतिले थालेको अनसनमा पुगे महत र रिजाल

काठमाडौं : नेपाली कांग्रेस डडेल्धुराका सभापति कर्ण मल्ल नेतृत्वको समूहले बुधबारदेखि अनसन सुरु गरेको छ।कांग्रेसको केन्द्रीय कार्यालय सानेपामा बुधबारदेखि सुरु भएको रिले अनसनलाई समर्थन गर्न नेपाली कांग्रेसका नेता रामशरण महत, रक्षामन्त्रीसमेत रहेका केन्द्रीय सदस्य मिनेन्द्र रिजाललगायतका नेताहरु आज सानेपा पुगेका छन्।क्रियाशील विवादको समाधान नभएको र सभापति शेरबहादुर देउवा पक्षले पेलेरै अघि बढ्न खोजेको भन्दै जिल्ला सभापति मल्ल नेतृत्वको टोली अनसन बसेको हो।सभापति मल्लले बहुमत जिल्ला कार्यसमितिको निर्णयल

देउवालाई 'काउन्टर' दिन चार नेता डडेल्धुरा आउँदै

डडेल्धुरा : नेपाली कांग्रेसका केन्द्रीय शीर्ष नेताहरू पार्टी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाको गृहजिल्ला डडेल्धुरा आउने भएका छन्।केन्द्रीय सदस्य अर्जुनरसिंह केसी, डा.शेखर कोइराला, गगन थापा र गुरुराज घिमिरे भोलि डडेल्धुरा आउन लागेका हुन्। नेता कार्यकर्ताको अनशनमा एक्यवद्धता जनाउन र कार्यकर्ता भेलालाई सम्बोधन गर्न शीर्ष नेताहरू डडेल्धुरा आउने कार्यवाहक सभापति करुणाकर भट्टले जानकारी दिए।जिल्ला सभापति एवं प्रदेशसभा सदस्य कर्ण मल्ल पक्षले आइतबार दिउँसो १ बजे जिल्ला सदरमुकाम बसपार्कमा &l

डडेल्धुरा विवादमा रुमलियो काँग्रेस : पौडेलमाथि राजनीतिक ‘बेइमानी’को आरोप

नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाको गृहजिल्ला डडेल्धुरामा सम्पन्न वडा अधिवेशन यतिबेला केन्द्रीय विवादको विषय बनेको छ । जिल्ला सभापति कर्ण मल्ल समूहद्वारा बहिस्कार गरिएको वडा अधिवेशनलाई वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले अस्वीकार गरेको छ ।डडेल्धुरामा क्रियाशील सदस्यताका विषयमा उत्पन्न विवादको बिउ अन्य जिल्लामा पनि रोपिने खतरा देखिन्छ । ०७७ फागुनमा गठित रमेश लेखक नेतृत्वको क्रियाशील सदस्यता छानबिन समितिले अधिकांश जिल्लाको विवाद टुङ्ग्याएको थियो । समितिमा सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता