काठमाडौं : सर्लाहीको ईश्वरपुर नगरपालिकास्थित बयलबास बजारमा लागू गरिएको निषेधाज्ञा आज चार दिनपछि हटेको छ।निषेधाज्ञाको चौथो दिन आज जिल्लाको अवस्था सामान्य बनेपछि साँझ ७ बजेसम्म जारी निषेधाज्ञा नथपिएको प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतमले जानकारी दिए। प्रहरीको भ्यानले ठक्कर दिँदा व्यापारी रामकुमार महतोको मृत्यु भएपछि आक्रोशित स्थानीय र आफन्तले प्रहरीको गाडी जलाइदिएका थिए।प्रदर्शनको क्रममा सार्वजनिक सम्पत्तिको तोडफोड, आगजनीलगायत घटना बढेको भन्दै स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरेको थियो।मृ