जिल्ला प्रशासन कार्यालय कास्कीले चार महिनापछि निषेधाज्ञा हटाएको छ । कोभिड– १९ संक्रमण तीव्र रुपमा बृद्धि भएपछि गत बैशाख २५ मा चेनब्रेक गर्न लागू गरिएको निषेध आदेशलाई प्रशासनले हटाएको हो । निषेधाज्ञा हटाएसँगै जिल्लामा विश्वविद्यालय, क्याम्पस, विद्यालय लगायत होटल रेष्टुरेन्ट, नाचघर, क्लब, डान्सबार, दोहोरी साँझहरु खुल्ने भएका छन् ।पछिल्ला दिनमा संक्रमण दर तथा मृत्यु दर घट्दै गइरहेकाले दैनिक क्रियाकलापहरू सञ्चालन गर्दा नेपाल सरकारद्वारा निर्धारित स्वास्थ्य मापदण्डहरूको अनिवार्य पालना गर्