सुर्खेत : वीरेन्द्रनगरमा लगाइएको निषेधाज्ञा मंगलबार हटाइएको छ। अमेरिकी सहायता परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसिसी) सम्झौताविरुद्ध आन्दोलन उग्र बनेपछि स्थानीय प्रशासनले सोमबार निषेधाज्ञा लगाएको थियो। आज प्रशासनले निषेधाज्ञा हटाएर केही ठाउँलाई निषेधित क्षेत्र घोषणा गरेको छ।प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालले आज साँझ ७ बजेसम्म लगाइएको निषेधाज्ञाको सट्टा स्थानीय प्रशासन ऐन, २०२८ बमोजिम संवेदनशील स्थानलाई निषेधित क्षेत्र घोषणा गरेका हुन्। साँझ ७ बजेदेखि लागू हुन