काठमाडौँ- काठमाडौँ उपत्यकामा निषेधाज्ञा हटाइएको छ। उपत्यकाका सिडिओहरुको बुधबार बसेको बैठकले निषेधाज्ञा हटाएको हो। भदौ १७ गतेदेखि ३० गतेसम्म लागू हुने गरी जारी गरिएको सूचनामा आर्थिक तथा अन्य गतिविधिहरु सञ्चालन गर्दा स्वास्थ्य मापदण्ड अनिवार्य पालना गर्न पनि भनिएको छ। स्वास्थ्य मापदण्ड पालना गरेर चाडपर्वहरु मनाउन तथा शैक्षिक संस्थाहरु भौतिक रुपमा सञ्चालन गर्न नपाइने र गर्नैपरेमा स्थानीय […]