धनगढीमा निषेधाज्ञा हट्यो

काठमाडौं : कैलालीको धनगढीमा लागेको निषेधाज्ञा शनिबार बिहान हटाइएको छ। ग्रेडरको ठक्करबाट १५ वर्षीया चेतना साउदको मृत्यु भएपछि उत्पन्न परिस्थिति नियन्त्रणमा लिन बिहीबार साँझदेखि धनगढीमा जारी निषेधाज्ञा बिहान ४ बजे हटाइएको हो। अवस्था सामान्य भएपछि निषेधाज्ञा हटाइएको जिल्ला प्रशासन कार्यालय कैलालीले जनाएको छ। स्थानीय पञ्चोदय मावि कक्षा ८ मा अध्ययनरत साउदको बिहीबार बिहान ग्रेडरको ठक्करबाट मृत्यु भएपछि सुरू भएको आन्दोलनले उग्र रूप लिएको थियो। निषेधाज्ञाबीच शुक्रबार  पनि प्रदर्