काठमाण्डाै - गाउँपालिका राष्ट्रिय महासङ्घ नेपालले तहगत सरकारका अधिकार सङ्कचुन एवं हस्तक्षेप नहुनेतर्फ सङ्घीय सरकारकाे ध्यानाकर्षण गराएकाे छ ।
भक्तपुरको घ्याम्पेडाँडामा भएको महासङ्घको केन्द्रीय कार्यसमितिको चौथो बैठकमा स्थानीय सरकारको अधिकार सङ्कुचन नहुने गरी सङ्घीय शिक्षा ऐन र कर्मचारी ऐन परिमार्जनसहित पारित गर्न महासङ्घले सरकारको ध्यानार्कषण गराएको हाे ।
स्थानीय सरकार सञ्चालन र सरोकारका विषयमा विभिन्न १५ वटा निर्णय गर्दै महासङ्घले पाँच बुँदे भक्तपुर घोषणा जारी गरेको छ ।बैठकमा अध्यक्ष लक्ष्मीदेवी पाण्डेले संविधानले...