काठमाडौं विश्वविद्यालयले आफ्नो अधिकार तथा काम कारवाहीको विषयमा आघात पर्दा अदालतको शरण पर्नु अधिकार भएको बताएको छ । बिहीबार रातोपाटी डटकमलाई ध्यानाकर्षण पत्र पठाउँदै अदालतको शरणमा जानु आफूहरुको बाध्यता भएको विश्वविद्यालयले बताएको हो । गत पुस २७ गते रातोपाटीमा प्रकाशित समाचारप्रति ध्यानाकर्षण भएको बताउँदै उसले अदालतको शरणमा जानु आफूहरुको बाध्यता र अधिकार भएको बताएको हो । रातोपाटीले गत पुस २७ गते ‘श्रीमानको एक आदेशले डाक्टर बन्ने सपना चैट !’ शीर्षकमा समाचार प्रकाशन गरेको थियो ।&nbs