काठमाण्डौ – राष्ट्रिय मानव अधिकार आयोगले केही दिनदेखि जुम्ला, मुगु, हुम्ला र डोल्पामा हवाई सेवा प्रभावित भइ आवतजावतमा कठिनाइ उत्पन्न भएको अवस्थाप्रति ध्यानाकर्षण भएको जनाएको छ ।
बाढीपहिरोका कारण कर्णाली प्रदेशको कर्णाली राजमार्ग असोज २१ गतेदेखि अवरुद्ध रहनुका साथै जुम्ला, मुगु, हुम्ला र डोल्पामा केही दिनदेखि हवाई सेवा प्रभावित छ ।
यसले नागरिकलाई आवतजावतमा कठिनाइ भएको अवस्थाप्रति राष्ट्रिय मानव अधिकार आयोगको गम्भीर ध्यानाकर्षण भएको विज्ञप्तिमार्फत् जनाएको छ ।
आयोगले आवत जावतमा देखिएको समस्याका कारण दशैँ मना...