ओलम्पिक खेलकुदमा फ्लोरा डुफीले बर्मुडालाई पहिलो स्वर्ण जिताउँदै इतिहास रचेकी छिन् । उनले ट्रायाथलोनत स्वर्ण जितेकी हुन् । ओलम्पिक स्वर्ण जित्ने थोरै जनसंख्याको देशका रुपमा अब बर्मुडाको नाम रहनेछ, यहाँको जनसंख्या केवल ६३ हजार छ । ३३ वर्षीय डुफीले आफ्नो चौथो ओलम्पिक सहभागितामा देशलाई स्वर्ण जिताएकी हुन् । उनले १ घण्टा ५५ मिनेट ३६ सेकेन्डमा ट्रायाथलोन पूरा गरिन्, दोस्रो स्थानमा आएकी बेलायती जर्जिया टेलर ब्राउन उनीभन्दा एक मिनेटले पछि थिइन् । ओलम्पिकमा पदक जित्ने थोरै जनसंख्याको देशक