केन्याका किपचोगेले जिते ओलम्पिक म्याराथनमा लगातार दोस्रो स्वर्ण

जापानको टोकियोमा जारी ओलम्पिक गेम्स अन्तर्गत पुरुष तर्फको म्याराथनमा केन्याका एलियुड किपचोगेले स्वर्ण पदक जितेका छन्। उनले लगातार दोस्रोपटक ओलम्पिक म्याराथनमा स्वर्णपदक जितेका हुन्। उनले दुई घण्टा ८ मिनेट ३८ सेकेण्डमा दूरी पूरा गरेर स्वर्ण जितेका हुन्। किपचोगेले सन् २०१६ को रियो म्याराथनमा पनि स्वर्ण पदक जितेका थिए। यस्तै उनले सन् २००८ को बेइजिङ ओलम्पिकमा […]

सम्बन्धित सामग्री

दोहोरो ओलम्पिक स्वर्ण विजेता रुदिशा विमान दुर्घटनाबाट बालबाल बचे

लगातार दुई ओलम्पिक स्वर्ण पदक जितेका केन्याका मध्य दूरीका धावक डेभिड रुदिशा विमान दुर्घटनाबाट जोगिएका छन् । उनको विमान मैदानमा दुर्घटना भएको थियो । ३३ वर्षीय पूर्व केन्याली खेलाडीले उक्त दुर्घटना भयानक भएको बताए । रुदिशाले लण्डन–२०१२ र रियो–२०१६ ओलम्पिकमा एथलेटिक्सको ४०० मिटर दौडमा स्वर्ण पदक जितेका थिए ।रिपोर्टका अनुसार रुदिशासहित अन्य पाँच जना सवार विमान शनिबार दक्षिणपूर्वी केन्याको काजियाडो काउन्टीमा दुर्घटनाग्रस्त भएको थियो। सबै जना किमाना वन्यजन्तु आरक्षमा आयोजना गरिएको वार्षिक

टोकियो ओलम्पिक : पुरूष फुटबलको स्वर्ण पदक ब्राजिललाई

काठमाडौँ- जापानमा जारी टोकियो ओलम्पिकमा पुरुष फुटबलको स्वर्ण पदक ब्राजिलले जितेको छ । ब्राजिलको यू-२३ टिमले शनिबार भएको फाइनलमा स्पेनलाई अतिरिक्त समयमा २-१ गोलले पराजित गर्दै स्वर्ण पदक जितेको हो । ब्राजिललाई जित दिलाउन माथुएस कुन्हा र माल्कोमले एकएक गोल गरे । स्पेनका मिकेल ओयार्जाबलले एक गोल फर्काए । योसँगै ब्राजिलले लगातार दोस्रो पटक ओलम्पिक […]

ब्राजिललाई ओलम्पिक फुटबलमा स्वर्ण

एजेन्सी – टोकियो ओलम्पिक २०२० अन्तर्गत ब्राजिलले लगातार दोस्रो पटक पुरुष फुटबलमा स्वर्ण पदक जितेको छ । शनिबार फाइनलमा स्पेनलाई २-१ ले हराउँदै ब्राजिल पदक रक्षा गर्न सफल भएको हो । निर्धारित ९० मिनेटको खेल १-१ को बराबरीमा सकिएपछि खेल अतिरिक्त समयमा लम्बिएको थियो । अतिरिक्त समयको दोस्रो हाफमा माल्कमले गोल गर्दै ब्राजिललाई अग्रता दिलाएका […]

टोकियो ओलम्पिक : उपाधिका लागि स्पेन र ब्राजिल आज भिड्दै

टोकियो ओलम्पिकमा आज पुरुष फुटबलको स्वर्ण छिनोफानो हुँदैछ। उपाधिका लागि साविक च्याम्पियन ब्राजिल र स्पेनको यु-२३ टिम प्रतिस्पर्धा गर्दै छन्। ब्राजिल र स्पेनबीचको फाइनल भिडन्त शुक्रबार साँझ ५:१५ मा सुरु हुनेछ।मेक्सीकोलाई पेन्लटी सुटआउटमा ४-१ ले पराजित गर्दै ब्राजिल फाइनल प्रवेश गरेको थियो। त्यस्तै‚ आयोजक जापानलाई अतिरिक्त समयमा १-० ले पाखा लगाउँदै स्पेनले ब्राजिलसँगको फाइनल भेट तय गर्‍यो। ब्राजिल लगातार दोस्रो स्वर्ण जित्ने धुनमा हुँदा स्पेन ५१ वर्षपछि ओलम्पिक स्वर्ण जित्नका लागि मैदानमा

ओलम्पिक महिला फुटबलमा क्यानडालाई स्वर्ण

क्यानडाले ओलम्पिकअन्तर्गत महिला फुटबलको स्वर्ण पदक जितेको छ। शुक्रबार साँझ भएको फाइनलमा क्यानडाले स्वीडेनलाई ट्राइ ब्रेकरमा ३-२ गोलले पराजित गर्‍यो। सुरुका पाँच-पाँच पेनाल्टी सुटआउटमा दुवै टोलीबाट दुई-दुई गोल भएको थियो। छैँटौँ प्रहारमा भने स्वीडेनले गोल हान्न सकेन भने आफ्नो प्रहारमा गोल गर्दै क्यानडाले जित हासिल गरेको हो। ट्राइब्रेकरमा पहिलो प्रहारमा गोल गरेको क्यानडा एकपछि लगातार […]

ब्राजिल र स्पेन ओलम्पिक फुटबलको फाइनलमा

१९ साउन, काठमाडौं । जापानमा भइरहेको टोकियो ओलम्पिक २०२० अन्तर्गत पुरुष फुटबलको स्वर्णका लागि ब्राजिल र स्पेन भिड्ने भएका छन् । मंगलबार भएको सेमिफाइनलमा ब्राजिलले मेक्सिकोलाई र स्पेनले जापानलाई पराजित गर्दै फाइनल भेट पक्का गरे । ब्राजिल साविक विजेतासमेत हो । लगातार तेस्रो पटक फाइनल पुग्ने क्रममा ब्राजिलले सन् २०१२ को स्वर्ण विजेता मेक्सिकोलाई पेनाल्टी […]

इटालीका मार्सेल बने विश्वकै तेज धावक

इटालीका मार्सेल ज्याकोब्स विश्वकै सबैभन्दा तेज धावक बनेका छन्। टोकियो ओलम्पिक अन्तर्गत आइतबार भएको एथ्लेटिक्सको पुरुष १०० मिटर दौडमा मार्सेलले स्वर्ण पदक जितेका हुन्। यसअघिका लगातार तीन वटा ओलम्पिकमा जमैकाका उसेन बोल्टले स्वर्णपदक जितेका थिए। उनले गत रियो ओलम्पिकपछि सन्यास लिएका थिए। बोल्टको नाममा ९.५८ सेकेन्डसहित विश्व कीर्तिमान र ९.६३ सेकेन्डसहित ओलम्पिक कीर्तिमान रहेको छ। […]

टोकियो ओलम्पिकः पुरुष फुटबलको अन्तिम चारमा ब्राजिल, जापान, मेक्सिको र स्पेन

जापानको टोकियोमा जारी ओलम्पिक गेम्स अन्तर्गत पुरुष फुटबलको स्वर्ण पदक होडमा ब्राजिल, जापान, मेक्सिको र स्पेन रहेका छन् । यी चार टिम सेमिफाइनलमा पुगेका हुन् । अघिल्लो ओलम्पिकमा स्वर्ण पदक जितेको ब्राजिलका लागि अब दुई जित लगातार दोस्रोपटक स्वर्ण जित्न सक्नेछ । इजिप्टलाई १–० ले पराजित गरेर ब्राजिलले सेमिफाइनलमा स्थान बनाएको हो । ब्राजिलले मंगलबार […]

रोजर फेडेररले ओलम्पिक नखेल्ने

एजेन्सी । स्विस टेनिस खेलाडी रोजर फेडेररले आसन्न टोकियो ओलम्पिक नखेल्ने भएका छन् । घुँडाको शल्यक्रियापछि लगातार स्वास्थ्य समस्या भोगिरहेका फेडेररले अर्को हप्ताबाट जापानमा हुने ओलम्पिक खेल गुमाउने भएका हुन् । फेडेररले सन् २००८ को बेइजिङ ओलम्पिकमा डबल्सतर्फ स्वर्ण पदक जितेका थिए भने २०१२ को लण्डन ओलम्पिकमा सिंगल्सतर्फ रजत पदक जितेका थिए । यसैगरी महिलातर्फ […]