काठमाडौं : टोकियो ओलम्पिक अन्तर्गत टेनिसको पुरुष एकल तर्फको स्वर्ण जर्मनीका अलेक्जान्डर ज्वेरभले जितेका छन्।सेमिफाइनलमा ज्वेरभले नोभाक जोकोभिचलाई हराउन सनसनीपूर्ण प्रदर्शन गरेका थिए।आइतबार पनि आफ्नो राम्रो प्रदर्शन कायम राखेका ज्वेरभले स्वर्ण भीडन्तमा रूसी खेलाडी कारन खाचानोभलाई सोझो सेटमा पराजित गरेका हुन्। विश्व वरियतामा पाँचौ स्थानमा रहेका ज्वेरभ ओलम्पिकमा पुरुष टेनिसको स्वर्ण जित्ने पहिलो जर्मन खेलाडीसमेत बने।करियरकै सबैभन्दा ठूलो उपाधि जित्ने क्रममा उनले खाचानोभलाई ६-३ र ६-१ को स