बेलायतका टम डेलीले ओलम्पिक स्वर्ण पदक जित्ने सपना अन्ततः पूरा गरेका छन्। जापानको टोकियोमा जारी ओलम्पिक गेम्सको क्रममा बेलायतका ‘डाइभर’ डेलीले १० मिटर सिङ्क्रोनाइज्ड प्लाटफर्म स्पर्धामा म्याटी लीसँगै स्वर्ण पदक जितेका हुन्। निकै प्रतिस्पर्धात्मक फाइनलमा बेलायती जोडी डेली र लीले चीनका काओ युएन र चेन एइसेनलाई पछि पारेर स्वर्ण पदक जितेका हुन्। युएन र एइसेनको […]