गुल्मी - गुल्मीमा चितुवाकाे आक्रमणबाट एक जना घाइते भएका छन् । चितुवाकाे आक्रमणबाट रेसुङ्गा नगरपालिका-६ निनीचौर बस्ने वर्ष ३० का यमबहादुर कुँवर घाइते भएका जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ।
आज बिहान आफ्नै घरमा रहेको कुखुराको फार्ममा जाने क्रममा अचानक चितुवाले कुँवरलाई आक्रमण गरेको थियो । चितुवाले आक्रमण गरेपछि कुँवर र चितुवाबीच केहीबेर घम्साघम्सी भएको थियो।
चितुवाले आक्रमण गर्दा कुँवरको हात र खुट्टामा चोट लागेको छ । कुँवरले प्रतिरक्षा गर्दा चितुवा मरेकाे छ । चितुवाको आक्र...