देशभर १६० जना आइसियू र ४५ जना भेन्टिलेटरमा

काठमाडौं : पछिल्लो समय कोरोना संक्रमित बढेसँगै आइसियू र भेन्टिलेटरमा पुग्ने संक्रमितको संख्या पनि बढ्दै गएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको पछिल्लो विवरणअनुसार हाल देशभर ४५ जना संक्रमित भेन्टिलेटरमा र एक सय ६० जना संक्रमित आइसियूमा उपचाररत छन्।मन्त्रालयको विवरणअनुसार हाल प्रदेश १ मा आठ जना संक्रमित आइसियूमा र एक जना भेन्टिलेटरमा, प्रदेश २ मा सात जना आइसियूमा, बाग्मती प्रदेशमा ७२ जना आइसियूमा र ३० जना भेन्टिलेटरमा, गण्डकी प्रदेशमा एक जना  आइसियूमा र एक जना भेन्टिलेटरमा, लुम्

सम्बन्धित सामग्री

धुलिखेल अस्पतालको सहकार्यमा बर्दिवास अस्पतालमा आइसियू सेवा सञ्चालन हुने

काभ्रेपलाञ्चोकको धुलिखेल अस्पतालले भेन्टिलेटर र आइसियू सञ्चालनका लागि दक्षजनशक्ति उपलब्ध गराउने  भएपछि बर्दिबास अस्पतालमा सो सेवा विस्तार गर्न लागेको हो।

आइसियू र भेन्टिलेटर संचालन नहुँदा सर्पदंशका बिरामीको उपचारमा समस्या

सर्लाही : सर्लाहीको लालबन्दी नगरपालिका १ नवलपुरमा रहेको सर्पदंश उपचार केन्द्रमा सर्पदंशका बिरामीको उपचारमा समस्या भएको छ।प्रदेश सरकारले उपलब्ध गराएको आइसियू र भेन्टिलेटर लामो समयदेखि संचालनमा नआउँदा सर्पदंशका गम्भीर खाले बिरामीको उपचार गर्न समस्या परेको हो।दुई वर्षअघि सर्पले टोकेर उपचारका लागि ल्याइएको हरिवनकी एक बालिकाको उपचारकै क्रममा मृत्यु भएपछि उनका आफन्तले आइसियू र भेन्टिलेटरमा तोडफोड गरी क्षति पुर्‍याएका थिए।त्यसपछि केही समय आइसियू र भेन्टिलेटर थन्काएर राखेका थिए। पछि मर्मत

बझाङमा आइसियू चलाउने जनशक्ति अभाव

बझाङ : बझाङ जिल्ला अस्पतालमा भेन्टिलेटर सञ्चालन गर्न सक्ने दक्ष जनशक्ति अभाव रहेको छ।सुदूरपश्चिम प्रदेश सरकारद्वारा प्रत्येक पहाडी जिल्लामा दुईवटा भेन्टिलेटर सहितको आइसियू कक्ष राख्ने निर्णयअनुरूप उक्त आइसियू बेड ल्याइएको थियो।गत वर्ष नै जिल्लामा ल्याइएको उक्त मेसिन सञ्चालन गर्नका लागि दक्ष जनशक्ति अभाव रहेको छ। कोरोना महामारीको दोस्रो लहरका वेला जिल्लामा श्वासप्रश्वासका विरामीका निम्ति ल्याइए पनि दक्ष जनशक्तिको अभावमा ती बेड सञ्चालनमा ल्याउन नसकिएको हो।कोरोना महामारीको दोस्रो भेरियन्ट फैलिएका व

पर्वत: जनशक्ति अभावमा एक वर्षदेखि थन्कियो आइसियू र भेन्टिलेटर

एक वर्षअघि एक करोड ६० लाखका लागतमा आइसियू  र भेन्टिलेटर जडान सम्पन्न भएको थियो। अस्पताल व्यवस्थापन समितिका अध्यक्ष गोविन्द पहाडीले सञ्चालन गर्ने दक्ष जनशक्ति नहुँदा सेवा विस्तार गर्न समस्या भएको बताए ।

जनशक्ति अभावमा एक वर्षदेखि थन्कियो आइसियू र भेन्टिलेटर

आवश्यक दक्ष जनशक्तिका अभावमा जिल्ला अस्पतालमा रहेका सघन उपचार कक्ष (आइसियू) र भेन्टिलेटटर प्रयोगविहीन बनेका छन् । अस्पतालमा पाँच श्यया आइसियू र तीन भेन्टिलेटर  छन् । अत्यावश्यक सेवा बिरामीले उपभोग गर्न पाउँदैनन् । अस्पतालमा हालसम्म छ जना कोरोना सङ्क्रमितको मृत्युसमेत भइसकेको छ । सङ्क्रमितको अवस्था नाजुक बन्दै गएमा त्यस्ता बिरामीलाई आइसियू  वा भेन्टिलेटरमा राखेर उपचार गर्नुपर्ने भए पनि जनशक्ति अभावले उपयोगविहीन बनेका हुन् ।  एक वर्षअघि एक करोड ६० लाखका लागतमा आइसियू  र भेन्टिलेटर जडान सम्पन्न भएको थियो ।...

सर्पदंशको आइसियू र भेन्टिलेटर संचालनमा आएन

सर्लाही । सर्लाहीको नवलपुरस्थित सर्पदंश उपचार केन्द्रमा आइसियू र भेन्टिलेटरलाई मर्मत नगर्दा उपचारका लागि आएका विरामीहरु समस्यामा परेका छन् । गत वर्षदेखि अक्सिजन लिक हुने समस्या देखिएपछि आइसियू र भेन्टिलेटर थन्क्याएर राखिएको हो । वर्षायाम सुरु भएसँगै सर्पदंशका विरामीहरु बढेपनि राम्रो उपचारको व्यवस्था हुन सकेको छैन । यस वर्ष मात्र सर्लाहीमा सर्पले टोकेर १ सय […]

पर्वतमा आइसियू र भेन्टिलेटर त छन्, तर छैनन् जनशक्ति

पर्वत : कोभिड–१९ का सङ्क्रमितको अवस्था नाजुक बन्दै गएमा उनीहरूलाई आइसियू वा भेन्टिलेटरमा राखेर उपचार गर्नुपर्छ।पर्वत अस्पतालमा त्यसका लागि पाँच बेड आईसीयु र तीन ओटा भेन्टिलेटर पनि उपलब्ध छन्। तर आइसियु र भेन्टिलेटर आवश्यक परेको बिरामी अस्पतालमा आएमा बिरामीले त्यो सेवा उपभोग गर्न पाउने अवस्था भने छैन।करिब पाँच महिना अगाडि नै आइसियु र भेन्टिलेटर सेटिङ गरेर आफूहरू तयारी अवस्थामा बसेको भए पनि त्यसलाई सञ्चालन गर्ने दक्ष जनशक्ति नहुँदा आइसियु र भेन्टिलेटरमा बिरामी आइहाले त्यो सुविधा दिन नसक

मुख्यमन्त्री पौडेलद्वारा ‘भेन्टिलेटर’ र ‘आइसियू’ कक्षको शुभारम्भ

मकवानपुर, १७ वैशाख: वागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले मदनभण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानद्वारा हेटौँडा अस्पतालमा स्थापना गरिएको कोभिड–१९ को सङ्क्रमण भएका बिरामीलाई उपचार गर्ने (सघन उपचारकक्ष) आइसियू र भेन्टिलेटर कक्षको आज शुभारम्भ गरेका छन् । उक्त उपचार कक्षमा आज दिउँसो १ः०० बजेबाट बिरामी भर्ना गरी उपचार सेवालाई निरन्तरता दिइने अस्पतालले जनाएको छ । मुख्यमन्त्री पौडेलले हेटौँडा […]

बुटवल कोरोना अस्पतालका आइसियू र भेन्टिलेटर ‘प्याक’

बुटवलस्थित कोरोना विशेष अस्पतालका आइसियू र भेन्टिलेटर बिरामीले भरिएका छन् । अस्पतालमा भएका १५ आइसियूमध्ये तीनवटा बिग्रिएका छन् । चालू अवस्थाका १३ वटा आइसियू र चार भेन्टिलेटर बिरामीले ‘प्याक’ भएका...

जनशक्ति नहुँदा आइसियू र भेन्टिलेटर प्रयोगविहीन

जिल्ला अस्पताल बझाङमा पाँच महिनाअघि जडान गरिएका दुईवटा भेन्टिलेटर र तीनवटा आइसियू उपकरण प्रयोगविहीन छन् । आइसियू र भेन्टिलेटरमा राखेर उपचार गर्नुपर्ने जटिल अवस्थाका बिरामीलाई अस्पतालले डडेल्धुरा र कैलाली रेफर गर्ने...