दुर्घटनामा परेको जहाजमा ५७ जना नेपाली र भारतीयसहित १५ जना विदेशी यात्रु

काठमाण्डाै – पोखरामा दुर्घटनामा परेको यति एअरलाइन्सको जहाजमा ५७ जना नेपाली र १५ जना विदेशी रहेका खुलेको छ । जहाजमा रहेका ६८ जना यात्रुमध्ये ५३ जना नेपाली यात्रु, चार जना चालक दलका सदस्य गरी ५७ जना नेपाली नागरिक छन् । यस्तै पाँच जना भारतीय र चार जना रसियन, कोरियाका दुई जना, आयरल्यान्ड, अस्ट्रेलिया, अर्जेन्टिना र फ्रान्सका एक/एक जना नागरिक रहेका नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाले जानकारी दिनुभयो । ६८ जना यात्रु र चार जना चालक दलका सदस्यसहित काठमाण्डौबाट पोखराका लाग...