कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा एमबीबीएस अध्ययनका लागि तयारी अन्तिम चरणमा पुगेको छ । एमबीबीएस तहको पठनपाठनको तयारीका लागि आवश्यक पूर्वाधार निर्माणकार्य अन्तिम चरणमा पुगेको प्रतिष्ठानले जनाएको छ ।
मेडिकल काउन्सिलको अनुमति र प्रतिष्ठानको सातौ सिनेट बैठकको निर्णयअनुसार एमबीबीएस सञ्चालन तथा पूर्वाधार व्यवस्थापनका लागि ६ अर्ब विनियोजन गर्ने भनिएको थियो । सोहीअनुसार प्रतिष्ठानमा चिकित्साशास्त्र अध्ययन तयारीको आवश्यक जनशक्ति, प्रयोगात्मक प्रविधि र विशेषज्ञसहितको तयारी पूरा भएको प्रतिष्ठानले जनाएको छ ।