बुटवल : आवश्यक पूर्वाधार तयार नहुँदै लुम्बिनी प्रदेशका मन्त्रालयहरू दाङ सार्न नहुने भन्दै चौतर्फी बिरोध भइरहेका बेला बुटवलमा रहेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका फर्निचर लगायत सामानहरू रातारात दाङ पुर्याइएको छ।
लुम्बिनी प्रदेश सरकारका प्रवक्ता तिलकराम शर्माले ३ वटा ट्रकमा सामानहरू लोड गरी राति नै दाङ लगिएको जानकारी दिए। आवश्यक सामान…