डा. किशोर बञ्जाडे कपिलवस्तु अस्पतालको मेडिकल सुपरिटेन्डेन्ट हुनुहुन्छ । जब हटस्पट बन्ने गरी कपिलवस्तुमा कोरोना सङ्क्रमण फैलियो, उहाँ बिरामीको सेवामा
भिड्नुभयो । सङ्क्रमितको सेवा गरिरहेकै बेला साउन २४ गते उहाँ आफैँ पनि सङ्क्रमित हुनुभयो । यो खबर उहाँको परिवार, स्थानीय समाज र अस्पतालका लागि अप्रत्याशित थियो तर उहाँ विचलित हुनुभएन ।
डा. बञ्जाडेको अहिलेको दैनिकी बिरामीको उपचार सँगसँगै आफ्नो अनुभव बाँड्ने, मनोबल बढाउने र सङ्क्रमितको ज्यान जोगाउने नयाँ अभियानमा केन्द्रित छ । उहाँको पछिल्लो अभियान हो, सङ्क्रमितको प्लाज्मा थेरापी उपचारका लागि सङ्क्रमित भई निको भएकाको रगत सङ्कलन ।
सोमबार कपिलवस्तु अस्पतालमा त्यस्तै गजबको माहौल थियो । डा. बञ्जाडेसहित अस्पतालका १६ जना पूर्वसङ्क्रमित स्वास्थ्यकर्मीले रक्तदान गर्नुभयो । यस्तो रक्तदान सङ्क्रमितहरूको ज्यान जोगाउने एउटा नयाँ उपचार विधि प्लाज्मा थेरापीका लागि थियो । “धेरै मानिस सङ्क्रमणबाट छट्पटिइरहेका बेला जीवन रक्षा गर्नु हाम्रो कर्तव्य हो,” डा. बञ्जाडेले भन्नुभयो, “पूर्वसङ्क्रमितको रगतले कसैको ज्यान बच्छ भने हामी किन अघि नसर्ने ?”
बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा कार्यरत डा. साजन श्रेष्ठलाई पनि बिरामीको उपचार गर्दागर्दै सङ्क्रमण भयो । सङ्क्रमणमुक्त भएलगत्तै उहाँले कोरोना सङ्क्रमित रु