नेपाल आयल निगम र नेपाल पेट्रोलियम डिलर्स राष्ट्रिय एशोसिएशनबीच निगमका अधिकृत विक्रेताले पाउँदै आएको कमिशन वृद्धि गर्ने सहमति भएको छ । निगममा केन्द्रीय कार्यालयमा आज भएको छलफलमा दुई पक्षबीच कमिशन वृद्धि गर्ने सहमति भएको हो ।
निगम सञ्चालक समितिको निर्णयअनुसार अधिकृत विक्रेताले साविकमा पाइरहेको पेट्रोलको कमिशन तीन प्रतिशत र डिजलको कमिशन २.६५५ मा क्रमशः ०.३९५५ र ०.४७५ ले वृद्धि गरी पेट्रोलमा ३.३९५५ र डिजलमा ३.१२५ पु¥याउने निर्णय गरेको थियो । दुई पक्षबीच निगम सञ्चालक समितिको निर्णयअनुसार कमिशन लागू गर्ने सहमति गरिएक...